• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा जीप दुर्घटना २ को मृत्यू ११ जना घाईते चारको अवस्था गम्भिर

बाजुरामा जीप दुर्घटना २ को मृत्यू ११ जना घाईते चारको अवस्था गम्भिर

  • शुक्रबार, साउन ३, २०७६
बाजुरामा जीप दुर्घटना २ को मृत्यू ११ जना घाईते चारको अवस्था गम्भिर

पदमबहादुर सिंह
बाजुरा ३ श्रावण । बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको कर्णाली करिडोर अन्र्तगत जगन्नाथ गाउँपालिका वडा न ५ भुवाखोलामा क १ ज २१ नम्बरको जीप दुर्घटना भएको भएको छ । जीप दुर्घटना हुदा दुई जनाको मृत्यू भएको छ भने ११ जना घाईते भएका छन् । चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएपी उद्धवसिं भाटले जानकारी दिए ।
मृत्यू हुनेमा मुगु जिल्ला खत्याड गाउपालिका ६ बस्ने वर्ष २५ का रामबहादुर शाही र कालिकोट घर भएका जीप चालक वर्ष २७ को रमेश बोगटी रहेको प्रहरीले जनाएको छ । जीपमा सवार १५ जनामा २ जना सकुसल भएको प्रहरीले बताएको छ । जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताएको छ । घाईत्यहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र कोल्टि ल्याईदै छ भने चार जना गम्भिर घाईतेको लागी जिल्ला प्रशासन कार्यलय मार्फत हेलिकप्टरको लागी कुरा भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताएका छन् । जीक पिलुचौरबाट कालिकोट तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार