आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • हिमाली
  • भीरबाट खसेर एकको मृत्यु

भीरबाट खसेर एकको मृत्यु

  • बुधबार, साउन १, २०७६
भीरबाट खसेर एकको मृत्यु

कल्सरी सुनार
बाजुरा १,साउन
बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडामा ३० वर्षीय बेलधन बुढा रहेको स्थानीयले बताएका छन् । घर नजिकै रहेको वनमा घाँस काट्न भएका बेला युवक चिप्लिएर खसेपछि मृत्यु भएको हो ।
मंगलबार विहान ७ः०० बजे गाईगोरुलाई घाँस काट्न गएका मृतक बुढा समयमै घर नफर्किए पछि खोजी गर्दा भीर बाट खसेर मृत्यु भएको अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।
लगातारको वर्षाका कारण घाँस काट्ने मेला र बाटाघाटा चिप्ला भएकाले लडेर वर्षेनी मृत्यु हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार