• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामध्यकाे पहिलो साक्षर घोषणा

बडिमालिका नगरपालिकामध्यकाे पहिलो साक्षर घोषणा

  • सोमवार, असार ३०, २०७६
बडिमालिका नगरपालिकामध्यकाे पहिलो साक्षर घोषणा

बडीमालिका खवर
बाजुरा ३०, असार
जिल्लाकै सदरमुकाममा रहेको वडिमालिका नगरपालिका ४ ओटा नगरपालिका मध्य पहिलो नगरको रुपमा साक्षर घोषणा भएको छ । नेपाल सरकारले समृद्ध नेपाल खुसी नेपाली बनाउनका लागि लिएको साक्षर वर्ष २०७६ अभियानलाई सफल पार्नका लागि सोमबार एक कार्यक्रम गरी नगरपालिकालाई साक्षर घोषणा गरेको हो ।
साक्षर अभियानलाई सफल पार्नकै लागि नगरले पहिले सम्पुर्ण वडाहरुमा रहेका १५ देखि ६० वर्षसम्मको जनसंख्याको साक्षरता दरलाई संकलन गरी नेपाल सरकारले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरप्रुख पदम वडुवालले बताए ।
वडिमालिका नगरपालिकाको तथ्याकं अनुसार १५ देखि ६० वर्षसम्मको जम्मा ९ हजार ६ सय ९५ जनसंख्या रहेको जनसंख्यामा जम्मा ४ हजार ६ सय महिला साक्षर छन् भने ४ हजार ८ सय ७५ जनसंख्या र पुरुषको ४ हजार ८ २० साक्षर रहेको छ । जो कुल जनसंख्याको ९५.९८ प्रतिशत साक्षर रहेको बताइएको छ ।
नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि जम्मा १२ ओटा सुचक निर्धारण गरेको छ । जसमा ६ ओटा सुचक पुरा गरेमा गाउ तथा नगर साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ । सो सुचक नगरपालिकाले पुरा गरेको छ । बाजुराका स्थानिय तह अहिले गाउ तथा नगरलाई साक्षर बनाउनका लागि तदारुकताका साथ लागि परेका छन् ।
जिल्लाका ९ वटा स्थानिय तहमध्ये वडिमालिका नगरपालिका बाजुराको नगरपालिकाको पहिलो स्थानयि तहको तेस्रो साक्षर नगरपालिका घोषणा भएको छ । यस अघि खप्तड छेडेहद गाउपालिका पहिलो र गौमुल गाउपालिका दोस्रो साक्षर घोषणा भैसकेका छन् । अन्य स्थानिय तह पनि असार मसान्तसम्म गाउँ तथा नगरलाई साक्षर घोषणा गर्ने अन्तिम तयारीमा छन् ।
कुनै पनि गाउ, वडा, नगर साक्षर बनाउनका लागि १५ देखि ६० वर्षसम्मको जनसंख्याले राष्ट्रभाष वा मातृभाषका वर्ण÷अक्षरको पढाई लेखाई, नेपाी वा मातृभाष लेखिएका मुल्यसुची र बीलको पढाई, मोबाइल र क्याल्कुलेटरका अंक चिनेर प्रयोग गर्न सक्न,े ० देखि ९ सम्मका अंक अक्षर लेखाई, साक्षर घोषणा गर्नका सरकारले आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने, बौक भौचर भराइ र चेकमा हस्ताक्षर लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षर घोषणा गर्न सकिने व्यवस्था रहेको र ति सुचकहरु पुरा नगरलाई साक्षर घोषणा गरिएका शिक्षा शाखा प्रमुख रंगमल विकले बताए ।
वडिमालिका नगरपालिकामा अहिले २५ ओटा सामुदाकि विद्यालय, ३ वडा निजि विद्यालय र २८ ओटा प्रारम्भिक बालविकास केन्द्र रहेका छन् । नगरपालिका साक्षर घोषणा गर्नका लागि ति सम्पूर्ण विद्यालयको उत्तकिै महत्वपुर्ण भुमिका रहेका नगरउपप्रमुख कविता विष्टले बताइन् । उनले भनिन् हामीले नगर साक्षर घोषणा गर्नका लागि हामीले नगरपालिका भरी सहजकर्ता संचालन गरी तथ्यांक संकलन गर्यौ र १५ देखि ६० वर्षसम्म निरक्षर भएको स्थानमा सहजकर्ताको परिचालन गरी कक्षा संचालन गर्यौ र निर्धारित मापदण्ड पुरा गरी नगरपालिकालाई साक्षर बनाएका छौ । अब हिंसा न्युनिकरण गर्न छाउपडी प्रथाको पनि अन्त्य गरी चाडै नै छाउगोठमुक्त बनाउने छौ ।
सोमबार आयोजित साक्षर घोषणा कार्यक्रममा उपस्थित सम्पुर्ण वडाका अध्यक्षहरुले सम्पूर्ण वडामा शत प्रतिशत नै साक्षर बनाउनका लागि विभिन्न कार्यक्रम मार्फत शिक्षा प्रदान गर्ने र पुर्ण साक्षर नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार