आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मेयरको नाटक : बाढीको बेला सडकमा झाडु

मेयरको नाटक : बाढीको बेला सडकमा झाडु

  • शनिबार, असार २८, २०७६
मेयरको नाटक : बाढीको बेला सडकमा झाडु

नकपुरधाम, २८ असार । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ । जनकपुर पुरै जलमग्न हुँदा बाढिमा फसेका पिडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किए पछि साहको आलोचना भएको छ ।

जनकपुरका एक स्थानियले बाढिको बेला मेयर लालकिशोर साहले पिडितलाइ उद्यार गर्नुको साटो झाडु लिएर सफाइमा निस्किनु उहाँको नाटकमात्र रहेको बताए । उनले अहिले जनकपुरमा फुसको घर अथवा तल्लो भेगमा रहेको घरमा बस्ने अवस्था समेत नहुँदा मेयर साह झाडु लिएर निस्किनु उहाँले सस्तो लोकप्रियता कमाउने ढोङ मात्र गरेको आरोप लगाए ।

यता मेयर लालकिशोर साहसंग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहेनंन् ।

 

चर्चामा

सम्बन्धित समाचार