शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्टक
  • सरकारी तथा राजस्व कारोबारका लागी आज बैंक खुला

सरकारी तथा राजस्व कारोबारका लागी आज बैंक खुला

  • शनिबार, असार २८, २०७६
सरकारी तथा राजस्व कारोबारका लागी आज बैंक खुला

बडीमालिका खवर
बाजुरा २८ असार
बाजुरा जिल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखा शनिबार पनी खुला गरिएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गरि शनिबार पनी बैंक खुला गरिएको राष्ट्रिय वाणिज्य बैंक बाजुराका प्रबन्धक जितजंग सिहंले बताए । शनिबार भएकोले सेवाग्राही कमै आए पनी सरकारी तथा राजस्व कारोबारको लागि राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखा शनिवार पनि खुला रहेको प्रबन्धक सिहंले बताएका छन् ।
राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्न बैंक नियमित झै खुला गरिएको बताइएको छ । असार मसान्त सकिन लाग्दा बैंकमा चाप भएकोले हिजोदेखी थन्कीएका चेकहरु जम्मा गर्ने, राजश्वको कारोबारोको काम बढि भएकोले बैक खुला गरिएको बताएका छन् ।
कर उठाउन शनिबार पनि राजश्व संकलन कार्यालय र बैंक खुला हुने, विद्युतीय माध्यमबाट पनि भुत्तानी गर्न सकिने भएकोले खुला गरिएको बैकका कर्मचारी कबी गिरीले बताए ।
गत साउनयताको कारोबारको अनुमानित करको विवरण र सोको आधारमा तिर्नुपर्नेे सबै कर दाखिला गर्न राजश्व कारोवारका लागी सजिलो बनाउन बैकका खुला गरिएको प्रबन्धक सिहंले बताएका छन् ।
नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएपछी जिल्लाको एक मात्र  बैक राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखा खुला गरिएको बैकले बताएको छ ।
बैंकका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व कारोबार र चेक स्कानिङ भइरहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार