सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौ सेयर

खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौ सेयर

  • शुक्रबार, असार २७, २०७६
खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौ सेयर

काठमाडौ । जब हामी आपत–विपदमा परेका हुन्छौं त्यो बेला सहयोग गर्न आउँने मान्छे वास्तवमा भगवान हो । यस्तै एक भगवान बनेर आएका बालकका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं । सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले आफ्नो बहादुरी देखाएका छन् ।

उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरुलाई बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योति दासले भनिन, हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दिनको लागि योग्य मानियोस् ।’

कलेक्टर लाख्याका अनुसार गएको ७ जुलाईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने प्रयास गरिरहेकी थिईन् । जबजब उनी बीच तिर गईन तब पानीको बहाब पनि बढ्यो । महिलाले आफुलाई र बच्चाहरुलाई सम्हाल्न सकिनन् । त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचाउन सफल भएका थिए ।

यो घटना भारत आसाम राज्यको हो, अहिले यी बालकको चौतर्फी तारिफ भइरहेको छ । उनी जुन देशका भए पनि उनको साहसलाई हाम्रो पनि उच्च सम्मान छ । कृपया सेयर गरेर मनोबल बढाउनुहोला ।

चर्चामा

सम्बन्धित समाचार