बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • डडेल्धुराका स्थानीय तहका ६ वडामा तालाबन्दी, दुईमा शंकास्पद वस्तु फेला

डडेल्धुराका स्थानीय तहका ६ वडामा तालाबन्दी, दुईमा शंकास्पद वस्तु फेला

  • आइतवार, असार २२, २०७६
सेयर गर्नुहोस् :
डडेल्धुराका स्थानीय तहका ६ वडामा तालाबन्दी, दुईमा शंकास्पद वस्तु फेला

डडेल्धुरा : डडेल्धुराका विभिन्न स्थानीय तहका वडामा तालाबन्दी गरिएको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

परशुरामनगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद वस्तु अड्काएर राखिएको सम्बन्धित वडा कार्यालयले जनाएका छन्। प्लाष्टिकमा बेरेर बम आकारको शंकास्पद वस्तु राखिएको परशुरामनगरपालिका-९ का वडाध्यक्ष रमेश बोहराले जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि प्रहरी परिचालन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । भेटिएको वस्तु बम नै भएको भने पुष्टि हुन सकेको छैन। तालाबन्दी र शंकास्पद वस्तु प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार