शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • पाकिस्तानमा ७२ वर्ष पछि खुल्यो एक हिन्दु मन्दिर

पाकिस्तानमा ७२ वर्ष पछि खुल्यो एक हिन्दु मन्दिर

  • आइतवार, असार २२, २०७६
पाकिस्तानमा ७२ वर्ष पछि खुल्यो एक हिन्दु मन्दिर

एजेन्सी । इस्लामावाद ७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुला गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको हिन्दु मन्दिर ७२ वर्ष पछि खुला गरिएको हो । त्यहाँ रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुला गरिएको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द गरिएको थियो ।

प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त मन्दिरलाई पुनः सञ्चालनमा ल्याइएको हो । हवन् समारोहमा ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीको सहभागिता थियो । लामो समय देखि बन्द भएको मन्दिर खुला गरिएपछि पाकिस्तानमा बस्ने हिन्दु धर्मावलम्बी खुसी भएका छन् ।

अधिकारीको अनुसार भारत र पाकिस्तान टुक्रिने बेला सन् १९४७ देखि उक्त मन्दिर बन्द थियो । यद्यपि हिन्दू धर्मावलम्बीको मागबमोजिम प्रधानमन्त्री खानको निर्देशनमा मन्दिर ७२ वर्षपछि खोलिएको जनाइएको छ ।

धेरै नै लामो समयदेखि बन्द रहेकाले मन्दिरको अवस्था भने जीर्ण भएको छ । यसको मर्मतका लागि समेत काम थालिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मन्दिरमा भगवान्का मूर्ती भने भारतबाट ल्याइने छ ।

चर्चामा

सम्बन्धित समाचार