शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ‘रसुवागढी सुरुङमा थुनिएका १७ मजदुर सकुशल छन्,

‘रसुवागढी सुरुङमा थुनिएका १७ मजदुर सकुशल छन्,

  • शुक्रबार, असार ६, २०७६
‘रसुवागढी सुरुङमा थुनिएका १७ मजदुर सकुशल छन्,

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा १७ जना मजदुर भित्रै थुनिएका छन् । विहिबार गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका हुन् ।

रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत् सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएको शसस्त्र प्रहरी बल रसुवागढी गुल्मका प्रमुख डिएसपी जीवन केसीले जानकारी दिए ।

गुल्म प्रमुख केसीका अनुसार सुरुङ्गभित्र थुनिएका मजदुरहरु सुरक्षित छन् । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ डिएसपी केसीले नयाँ पेजसँग भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । हामी बिहानै उद्दारमा जुट्छौं ।’

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७ जना मजदुर सकुशल रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) जीवन केसीले बताएका छन् ।

विहिबार साँझ गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका थिए । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका छन् ।

डिएसपी केसीले मजदुरहरु सुरक्षित रहेको जानकारी दिए । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ केसीले नयाँ पेजसँग भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । भोली बिहानै उद्दार गर्छौं ।

चर्चामा

सम्बन्धित समाचार