शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्टक
  • स्थानीयलाई बैककै सास्ती सेवा लिन तीन दिन

स्थानीयलाई बैककै सास्ती सेवा लिन तीन दिन

  • मङ्लबार, असार ३, २०७६
स्थानीयलाई बैककै सास्ती सेवा लिन तीन दिन

बडीमालिका खवर
बाजुरा ३ असार  : आर्थिक वर्षको अन्त्यमा बाजुरा जिल्ला सदरमुुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सेवा ग्राहीको घुँइचो लाग्ने गरेको छ । आर्थिक वर्ष २०७५ र ०७६ को विकासे बजेट समाप्तिका बेला स्थानीय तहका योजनाको भुुक्तानी लिन उपभोक्ताहरु सदरमुुकामका ओइरीएका छन् ।
संघीयता लागू भएर स्थानीय सरकार गठन भएको २ वर्ष बितिसक्दा पनि स्थानीयतहमा बैंक स्थापना हुुन नसकेपछि सधैका वर्षझै यस वर्ष पनि जिल्लाका धेरै स्थानीय तहबाट दुई तीन दिन लगाएर सदरमुुकाम मार्तडीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा योजनाका रकम भुुक्तानी लिन स्थानीय पुुगेका छन् ।
सरकारले सबै स्थानीय तहमा एक बैंक स्थापना गर्नेे प्रबाधान भएपनि धेरै बैकहरु सदरमुकाम मार्तडी केन्द्रित बन्दा दुर दराजका स्थानीयले सास्ती खेप्नु परेको जगन्नाथ गाउँपालिकाका स्थानीय जया शार्कीले बताए । नौ ओटा स्थानीय तह रहेको बाजुरा जिल्लामा हाल बुढीगंगा नगरपालिका, बुढिनन्दा नगरपालिका, त्रिबेणी नगरपालिका, खप्तड छेडेदह गाउपालिका,र हिमाली गाउँपालिका बाहेक अन्य स्थानीय तहमा बैंक शाखा बिस्तार भएका छैन । राष्ट्रिय बाणिज्य बैंक, सेन्चुरी बैँक, एनआईसी एसीया बैकं, महालक्ष्मी बिकास बैक लगायतका बैक जिल्ला सदरमुुकामबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये ३ ओटा स्थानीय तहमा अहिलेसम्म स्थापना हुनसेको छैन ।
जिल्लाको हिमाली गाउँपालिकामा सानेमा बैक, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैक, बुढिगंगा नगरपालिकामा सिधार्थ बैक त्रिबेणी नगरपालिकामा नेपाल बैँक लिमिटेड बुढिनन्दा नगरपालिकामा राष्ट्रिय बाणिज्य बैकका शाखा स्थापना भएर सेवा दिईरहको बताईको छ । स्थापना भएका बैंक शाखाबाट पनि सानो तिनो हजार सम्मको चेक भूक्तनी हुने र लाखसम्मको रकमको लागी सदरमुकाम मार्तडी नै आउनु परेको जगन्नाथ गाउपालिका २ का हिरालाल विष्टले बताए । यता स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा बैक शाखा नै स्थापना नहुदा समस्या भएको स्वामकिार्तिक खापर गाउँपालिकाका लेखापाल खम्बीर बुढाले बताए । त्यस्तै गौमुल गाउँपालिकामा पनि बैक नहुँदा सदरमुकाम नै पुग्नु परेको गौमूल गाउपालिकाका स्थानीय हिक्मत रोकायाले बताए ।
गाउँपालिकामै बैक शाखा स्थापना भएको भए धेरै सहज हुने एकै दिनमा काम सकेर घरको काम हुने थियो समयको बचत संगै खर्च पनि कम हुने तीन दिन लगाएर योजनाको रकम लिन आएको जगन्नाथ गाउपालिका २ का स्थानीय हिरालाल बिष्टले बताए ।
स्थानीय तह एकदमै दुर्गम भएकोले न टेलिफोन न नेट ईन्र्टने न राम्रो सुरक्षा बैंक शाखा स्थापना गर्न समस्या भएको शाखाहरुले बताउने गरेका छन् । नेट ईन्र्टनेटकको सेवा विस्ता भएसंगै सेवा बिस्तार गरिने बताएको छ ।
जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैकमालाई आर्थिक वर्षको अत्यसंगै थेगि नसक्ने भिड भएको राष्ट्रिय बाणिज्य बैंक बाजुर प्रबन्धक जितजङ सिहंले बताए ।

चर्चामा

सम्बन्धित समाचार