शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका कलाकारसहित ३२ नेपाली पक्राउ

सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका कलाकारसहित ३२ नेपाली पक्राउ

  • सोमवार, जेष्ठ २७, २०७६
सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका कलाकारसहित ३२ नेपाली पक्राउ

सांगीतिक कार्यक्रमका लागि भनी मलेसिया पुगेका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा बाेलाइएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार