आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली युवतीले जितिन् ५० हजार डलरको पुरस्कार

नेपाली युवतीले जितिन् ५० हजार डलरको पुरस्कार

  • आइतवार, जेष्ठ २६, २०७६
नेपाली युवतीले जितिन् ५० हजार डलरको पुरस्कार

काठमाडौं, जेठ २६ : कुपोषण र भोकमरीको अन्त्यगर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी बोनिता शर्मा लिड २०३० च्यालेन्जको बिजेता घोषित भएकी छिन्।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ्ग वल्र्ड’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो।  नवीनतम सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ ‘भोकमरीको अन्त्य’ प्रवर्गअन्तर्गत एक सय देशबाट आएका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनरबाट ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। यस पुरस्कार सँगसँगै सोचाइले आरबी ग्रुपबाट एक वर्षसम्मको मेन्टोरिंग पनि पाउनेछ।

पोषण, सरसफाई तथा यस सम्बन्धिजानकारीको अभावले हाम्रो गाँउ–समाजमा निम्त्याएको गम्भिर समस्याहरु समाधानगर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाइले पोषण माला तथा महिनावारी मालाजस्ता नयाँ सिर्जनाहरु गर्दै आमा, बच्चा, किशोर किशोरी, महिला स्वास्थ्य स्वयम्सेविकाहरु तथा समुदायलक्ष्यित कार्यक्रमहरु गर्दै आइरहेको छ।   यसबाहेक सोचाइले आफ्ना उत्पादनहरुलाई बजारमा बेचेर सामाजिक उद्यमको पनि प्रवद्र्धन गरिरहेको छ । जस अन्तर्गत ग्राहकले किनेको एउटा पोषण मालावामहिनावारी मालाको बदलामा एउटी आमा वा किशोरीले सोचाइको युवा स्वयमसेवक समूहबाट सित्तैमा माला तथा स्वास्थ्य परामर्श प्राप्त गर्छन्।

अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि सोचाइकी सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिताले भनिन् , ‘युवाशक्तिमा विश्वास गरेर हामीलाई यस किसिमको अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुशी र उत्साहित छौं। हाम्रो देशमा व्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न सोचाईले कुनै कसर बाँकी राख्ने छैन।’

चर्चामा

सम्बन्धित समाचार