सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अष्ट्रेलियामा खुलेकि वर्षा (हेरौँ १२ तस्बिर)

अष्ट्रेलियामा खुलेकि वर्षा (हेरौँ १२ तस्बिर)

  • शनिबार, जेष्ठ १८, २०७६
अष्ट्रेलियामा खुलेकि वर्षा (हेरौँ १२ तस्बिर)

जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।

वर्षाको अष्ट्रेलियाको बाँकी तस्बिर तल छ

‘अष्ट्रेलियाका मुख्य सहरमा अहिलेसम्म करिब दुई दर्जन शो प्रदर्शन भइसकेको छ,” जात्रै जात्रा निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘अहिले पनि प्रदर्शन भइरहेको छ । नेपाली रहेका सहरमा अझै पनि प्रदर्शन हुनेछ ।”

चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलियामा छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ ।

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

वर्षा राउतः सफलताको क्रेडिट प्रेमीलाई

मनोरञ्जन प्रधान फिल्म जात्रै जात्रा ‘हिट’ भएपछि अभिनेत्री वर्षा राउतको फिल्मी करिअरमा एउटा इँटा थपिएको छ । म्युजिक भिडियोकी ‘क्विन’ वर्षा आफू कलाकार बन्ने दिशामा रहेको बताउँछिन् ।

 

तर, अभिनय क्षेत्रमा स्थापित हुन उनले धेरै पापड पनि बेल्नु परेन, जति यो क्षेत्रमा लाग्न अभिभावकलाई मनाउन गर्नुर्पयो । कतिसम्म भने उनलाई बुबाले अझै पनि फिल्म क्षेत्रमा लाग्ने छोरीको निर्णयको खुलेर प्रशंसा गरेको थाहा छैन ।

पछिल्लो पटक उनले अभिनय गरेको फिल्म ‘छक्का पञ्जा’ परिवारका सबै सदस्यले साथमा बसेर हेरेका थिए । समग्र काम हेरेर बुबाको चित्त बुझे पनि छोरीका अगाडि मुख खोलेका छैनन् । ‘तर, कहिलेकाहीँ ड्याडीका साथीहरुले समेत छोरीसँग फोटो खिचाइदिनू भन्दा रहेछन्, त्यस्तो बेलामा ‘जन्मदाता’को अनुहारमा अलग्गै उज्यालो देखेर म चित्त बुझाउँछु,’ उनी भन्छिन् ।

रातभर चिसोमा उभिएको त्यो साँझ

सानो छँदा वर्षा राउत ‘नखरा’ गर्नमा माहिर थिइन् । ऐना अगाडि उभिएर विभिन्न फिल्ममा हिरोइनले बोलेका डाइलग नक्कल गर्थिन्, नाच्थिन् । नेपालकी करिश्मा मानन्धरदेखि बलिउडकी करिना कपुरसम्म उनका रोजाइ थिए ।

उनीहरु जस्तै कहिले बन्न पाउने होला भनेर कल्पन्थिन् । कसैले आफूलाई करिना भनिदिँदा सानी वर्षा फुरुंग पर्थिन् ।

टीभी, युट्युबतिर म्युजिक भिडियो हेरिरहँदा वर्षालाई लोभ जाग्थ्यो, त्यसरी नै देखिऊँ । तर, यो क्षेत्रसँग परिवारका कसैको पनि दूर(दूरसम्म कुनै नाता थिएन । त्यस्तो स्थितिमा पनि उनी ‘सजिलै’ यो क्षेत्रमा आइन्, जुन उनी आफैंले पनि सोचेकी थिइनन् । ‘एकचोटि ट्राइ गरी हेरुँ भनेर एउटा भिडियो गर्दा धेरै जनाले मन पराए’, उनले भनिन्, ‘त्यसपछि त म्युजिक भिडियोको अफर आउन थाल्यो ।’

एउटा बिहेमा गएर वानेश्वरबाट कोटेश्वरस्थित घर फर्किँदा रातको दस बज्यो । ममीले सजाय स्वरुप बिहान तीन बजेसम्म ढोका खोलिनन् । ‘मंसिरको चिसोमा म रातभर घर बाहिरै परो,’ उनले सम्झिइन् ।

म्युजिक कम्पनी रिबेल क्रिएसनका एक जनाले कफी खानेबेला चिनेका निर्देशकलाई म्युजिक भिडियोको लागि साइड रोलमा काम गर्ने केटी चाहिएको कुरा सुनाए । वर्षालाई अरु के चाहियो, तत्कालै तयार भइन् । हुन त त्यो भिडियो रिलिज भएन । तर, करिअरको सुरुवात भने गरायो । भिडियो सम्पादन भइरहेको ठाउँमा म्युजिक भिडियो बनाउनेहरुले मन पराए । बस्, त्यसपछि भिडियोका अफर आउन थाले ।

सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि डेब्यू भइदियो ।

मोडलिङ करिअरमा स्थापित हुन वर्षाले त्यति संघर्ष गर्नु परेन, जति आफ्नै घरमा भयो । वर्षा मोडलिङ र फिल्म लाइनमा लागेकोमा बुवा पटक्कै खुसी थिएनन् ।

ममीले म्युजिक भिडियोमा खेल्न अनुमति त दिइन् । तर, ड्याडीलाई कत्ति पनि मञ्जुर थिएन । ‘सायद ड्याडीले फिल्म लाइन र मोडलिङबारे धेरै नराम्रो कुरा सुन्नुभएको थियो होला’, उनले संघर्षका दिन सम्झिइन् ।

अवस्था कस्तो थियो भने, उनी कडा मिजासका बुबाको छेउ नै पर्दिनथिन् ।

ममीको साथ पाएपछि वर्षालाई केही राहत त भयो । तर, पाँच मिनेटको गीतका लागि दिनभरि समय लाग्छ भन्ने थाहा पाएपछि ममीले पनि कडाइ गर्न थालिन् । उनी साथीहरुसँग घुम्न जाने बहानामा सुटिङमा पुग्थिन् ।

साँझ पाँच बजेभित्र घर फर्किसक्नुपर्ने नियम लाग्यो । समयमा नआए गाली बर्सिहाल्थ्यो । त्यस्तो बेला उनी खुबै रुन्थिन् ।

घरको नियम म्युजिक भिडियोको दुनियाँसम्म पुग्यो, जसले उनको मोडलिङ यात्रामा दखल पुग्यो । कति जनाले उनलाई आफ्नो भिडियोमा लिएनन् ।

चार वर्षअघिको एक रात उनी भुल्दिनन् । एउटा बिहेमा गएर वानेश्वरबाट कोटेश्वरस्थित घर फर्किँदा रातको दस बज्यो । ममीले सजाय स्वरुप बिहान तीन बजेसम्म ढोका खोलिनन् । ‘मंसिरको चिसोमा म रातभर घर बाहिरै परेँ,’ उनले सम्झिइन् ।

पछिल्लो समय भने उनलाई केही सहज भएको छ । फिल्म ‘छक्का(पञ्जा’ मा उनको काम देखेपछि कडा मिजासको ड्याडी केही नरम भएछन् । तर, मनको कुरा खुलेर नभन्ने ड्याडीले छोरीले राम्रो गरी भनेर प्रत्यक्ष व्यक्त गरेनन् । ‘ड्याडीले बरु ममीसँग यसले राम्रो काम गरिछे, राम्रो गर्छे होला भन्नुभएको रहेछ,’ उनले भनिन् ।

उसो त वर्षालाई ‘छक्का(पञ्जा’ उनलाई ड्याडी(ममीले हेरुन् भन्ने इच्छा नै थिएन । झन् सँगै बसेर हेर्ने त सोचेकै थिइनन् । कारण थियो, फिल्ममा एक ठाउँमा उनको प्रेमालापको सिन हुनु ।

तर, फिल्मको प्रिमियरमा उनी सपरिवार जाने संयोग र्जुयो । हलभित्र लस्करै सिटमा ड्याडी, ममी र भाइहरुसँगै उनी बसेकी थिइन् । ‘जब त्यो सिन आउन लाग्यो, लाज लागेर उठेर पल्लो छेउमा गएँ,’ उनले भनिन् ।

वर्षा लजाए पनि उनले फिल्ममा गरेको समग्र काम हेरेर बुबाको चाहिँ चित्त बुझेछ । बुबाले आमासँग छोरीको तारिफ गरेका रहेछन् ।

कहिलेकाहीँ ड्याडीका साथीहरुले समेत छोरीसँग फोटो खिचाइदिनू भन्दा रहेछन् । त्यस्तो बेलामा ‘जन्मदाता’को अनुहारमा अलग्गै उज्यालो देखेर तृप्त हुन्छिन् उनी ।

सफलताको क्रेडिटः प्रेमीलाई

‘हिरोइन’ हैन ‘एक्टर’ तिर्खा त छ वर्षाभित्र । तर, उनी त्यो यात्रामा आफूमा केही अभाव देख्छिन् । ‘फिल्म इन्डस्ट्रीमा एकदम डर लागेको चाहिँ मेरो डाइलग डेलिभरी थियो । मलाई आफ्नै स्वर मन पर्दैनथ्यो,’ उनले भनिन् । त्यही कारण म्युजिक भिडियोमा खुम्चिरहिन् ।

म्युजिक भिडियोमा आउनु अगाडि नै एकपटक फिल्म खेल्ने संयोग पनि जुरेको थियो । ऋषि लामिछानेको फिल्म ‘सरी ल’का लागि अडिसन दिएर छानिएकी पनि थिइन् । तर, ड्याडीले अवरोध गरेपछि उनले त्यसबेला साहस गर्न सकिनन् ।

बरु त्यही फिल्मको वर्कसपमा जाने क्रममा उनको संजोग कोइरालासँग निकटता बढ्यो । सम्बन्ध बढ्दै गएर दुवै मायालु जोडी बने । संजोग पनि त्यही फिल्मका लागि छानिएका थिए । तर, रिल लाइफको धागोले उनीहरुको रियल लाइफलाई जोडिदियो । ‘यो सम्बन्ध जोडिनुमा ऋषि लामिछानेलाई जस जान्छ,’ हाँस्दै बताइन् ।

पेशाले इन्टेरियर डिजाइनर संजोगको सुझाव र सहयोगले फिल्मी करिअरमा उनलाई पछिल्ला वर्षहरुमा राम्रो भरथेग गर्दै आएको छ । यसैले आफ्नो सफलताको क्रेडिट प्रेमीलाई नै दिन्छिन् ।

आफ्ना जम्ल्याहा भाइहरुसँग गफगाफ गर्छिन् । उनीहरुका गाह्रोसाह्रो सुन्छिन् । ड्याडी कडा मिजासको हुँदा आफूले धेरै कुरा भन्ने मौका नपाएको त्यो रिक्ततालाई आफू भाइहरुसँग साथी जस्तो भएर पूरा गर्छिन् ।

‘आफ्नो कुरा सेयर गर्न नपाउँदा पहिले आफू एकदमै बिग्रिँदै गएको फिल हुन्थ्यो’, बाल मनोविज्ञान केलाउँदै भनिन्न् ‘भाइहरुलाई चाहिँ त्यस्तो प्रभाव नपरोस् भनेर उनीहरुको कुरा सुन्ने र बुझ्ने गर्छु ।’

वर्षालाई लाग्छ, परिवारमा आफ्नो कुरा बुझ्ने कोही ठूलो मान्छे हुनुपर्दो रहेछ ।

र, छविराजको फिल्ममा निश्चल

वर्षाले पुरानो पुस्तादेखि नयाँ पुस्ताले बनाएका नेपाली फिल्महरु हेर्दै आएकी छिन् । पुरानाले बनाउने परम्परागत तथा सामाजिक विषयका फिल्म र नयाँले बनाउने युवा लक्षित फिल्मको दुई धारमा केही ग्याप देख्छिन् ।

नेपाली फिल्म यस्तो बनेको हेर्न मन छ भन्दै उनी कल्पन्छिन्, ‘छविराज ओझाहरुले बनाउने जस्तो सामाजिक विषयको कथामा अहिले फरक सोचसाथ आइरहेका निश्चल बस्नेतहरुले काम गरे भने गजब हुन्छ कि जस्तो लाग्छ ।’

नयाँ पुस्ताले गर्ने फिल्महरु प्रायःजसो केटाहरुलाई मात्र लक्षित गरेर बनाएकाले तिनको दायरा साँघुरो देख्छिन् उनी । तर, नेपाली फिल्महरु पछिल्लो समय फरकफरक स्वादमा बन्न थालेका छन् । यस्तो संकेतबाट उनी सिंगो फिल्म क्षेत्रको भविष्य उज्यालो देख्छिन् ।

चर्चामा

सम्बन्धित समाचार