मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • स्पेशल व्यक्ति कोही भेटेकी छैन: गायिका सपना

स्पेशल व्यक्ति कोही भेटेकी छैन: गायिका सपना

  • शनिबार, जेष्ठ १८, २०७६
स्पेशल व्यक्ति कोही भेटेकी छैन: गायिका सपना

काठमाडौं – नेपाली लोक गायनमा चिनिएका गायक गायिका थोरै छन् । ती मध्यकी एक हुन् सपना थापा । ०६५ देखि नियमित लोक गायनमा रहँदै आएकी थापाको पहिलो गीतको बोल ‘मखमली उनी’ थियो । त्यसपछि उनले लगातार लोक दोहोरी बजारमा ल्याइरहेकी छन् । अहिलेसम्म १३ लोक दोहोरी गीत बजारमा आएका उनको पछिल्लो समय आएको गीत ‘जुनी जुनी’ हो । केही पहिले बजारमा आएको यो गीत अहिले चर्चामा छ । गीतमा उनलाई मेक्सम खातीले स्वरमा साथ दिएका छन् । सानैदेखि लोक गायन रुचि भएकोले यसै क्षेत्रमा होमिएको बताउने गायिका थापासँग रातोपाटीको दश प्रश्न ।

लोक गायन किन रोज्नुभयो ?
– सानैदेखि मेरो लोक गीतमा रुचि थियो । लोकल स्तरमा लोक गीत गाउँथे । अरुले गाएको गीत जस्ताको तस्तै नक्कल गर्न सक्थे, गाउँथे । गाउदै जाँदा यसमा केही ज्ञान पनि भयो ।  त्यसैले पनि लोक गायन नै रोजे ।

सांगीतिक क्षेत्र कस्तो पाउनु भयो ?

–गायन क्षेत्रमा दश बर्ष भएपनि मैले धेरै गीतहरु बाहिर ल्याएको छैन । बर्षमा एक वा दुई गीत मात्र आउने गरेका छन् । यो क्षेत्रमा निरन्तरता रह्यो भने गायन क्षेत्रको भविश्य राम्रो  पाएको छु ।

रियाज कति गर्नुहुन्छ ?

– अहिले रियाजका लागि समय दिन भ्याएकी छैन । गायन सुरु गर्दा २०६५, ०६६ तिर भने धेरै रियाज गर्थे ।

मोडलिङमा पनि रुचि छ कि ?

– रुचि छ । तर त्यो विषयको केही ज्ञान छैन । त्यसैले अहिले हतार गरेर भन्दा पनि केही सिकेर आउन चाहान्छु ।

सौदर्यमा कतिको ध्यान दिनुहुन्छ ?

–मेकअपमा खासै ध्यान दिन्न । केटी मान्छे भएपछि हल्का मेकअप गर्नु नै पर्यो । अनुहारमा हल्का फाउन्डेसन, क्रिम, आँखामा गाजल र ओठमा लिबिष्टिक मात्र लगाउँछु ।

फिटनेश गर्नुहुन्छ ?

–कहिले काही मनिङवाक गर्छु । 

फेसनतिर रुचि त होला नि ?

–धेरै रुचि त छैन । तर मनपर्ने पहिरन भनेको वान पिस हो । वान पिसमै म राम्रो देखिन्छु ।

प्रेम छ कि छैन ?

प्रेम श्रोता, आफन्त, साथीभाइसँग छ । तर स्पेशल व्यक्तिको रुपमा अहिलेसम्म कोही भेटेकी छैन । यो खोजेर हुने कुरो पनि होइन । समय आएपछि आफै भेटिन्छ ।

मनपर्ने केटा ?

–देश, काल र परिवेस बुझेको । लगनशिल, मलाई धेरै माया गर्ने । मेरो पेशालाई बुझ्ने ।

कस्ती केटी ?

– धेरै नबोल्ने, मानिससँग सजिलै घुल्न सक्ने । मिलनसार र सहयोगी छु ।

चर्चामा

सम्बन्धित समाचार