शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

  • सोमवार, जेष्ठ १३, २०७६
जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

मुम्बइको नायर अस्पतालकी एक मेडिकल छात्रा पायल तडवीले आफ्नै वरिष्ठबाट पटकपटक हुने गरेको जातीय  दुर्व्यवहार  सहन नसकेर आत्म हत्या गरेकी छन् ।

पटकपटक हुँदै आएको जातीय  दुर्व्यवहारयुक्त टिप्पणीबारे जानकारी गराए पनि अस्पताल प्रशासनले कुनै कदम नचालेको परिवारजनको आरोप छ ।

‘जब म पायलसँग कुरा गर्थे उसले तीन वरिष्ठ चिकित्सकको नाम लिएर उनीहरुले आफूमाथि जातीय दुर्व्यवहार गरेको बताउने गर्थिन् । यसबारेमा अस्पताल प्रशासनलाई पनि जानकारी गराइएको थियो तर केही भएन । हामीलाई न्याय चाहियो,’ पायलकी आमा अवेदाको भनाई छ ।

पायल नायर अस्पतालमा सन् २०१८ मा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिइन् । आरक्षित कोटामा प्रवेश गरेका कारण उनीभन्दा वरिष्ठ चिकित्सकले लामो समयदेखि उनीमाथि निरन्तर जातीय दुर्व्यवहार गर्दै आएका थिए ।

पायलले यसबारे होस्टलका अधिकारी र अस्पताल प्रशासनसमक्ष उजुरी गरे पनि सुनुवाई हुन नसकेपछि उनले गत मे २२ मा आत्महत्या गरेको समाचार आइतबार एएनआईले प्रकाशन गरेको छ ।

यस घटनाका आरोपी तीन चिकित्सक हेमा आहुजा, भक्ति मेहर र अंकिता खन्डिलवाल फरार छन् । प्रहरीले तीन आरोपीविरुद्ध धारा ३०६ र एससीएसटी कानुनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार