शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

  • आइतवार, जेष्ठ ५, २०७६
भारतमा लोकसभा चुनावअन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

नयाँ दिल्ली । लोकसभा चुनावअन्तर्गत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनावअन्तर्गत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ ।

५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ ।

सातौं तथा अन्तिम चरणको मतदानअन्तर्गत पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८÷८, पञ्जाव र उत्तर प्रदेशको १३÷१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।

अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका शिर्ष नेता, कांग्रेसका शिर्ष नेताहरुको भाग्यको फैसला हुनेछ । चुनावको सुरक्षालाई ध्यानमा राख्दै सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार