शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अब कार्ड हाल्नुस ‘सेनेटरी प्याड’ लिनुस्

अब कार्ड हाल्नुस ‘सेनेटरी प्याड’ लिनुस्

  • बिहिबार, जेष्ठ २, २०७६
अब कार्ड हाल्नुस ‘सेनेटरी प्याड’ लिनुस्

डडेल्धुरा / डडेल्धुरामा पहिलो पटक ‘छात्राहरुलाई चाहिएको बेला मेसिनमा स्मार्ट कार्ड छिराएर सेनेटरी प्याड निकाल्न सक्ने भएको छ । भागेश्वर गाउँपालिका४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकी अध्यक्ष कौशीला भट्टले बताइन्।

किशोरीलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा मेसिन राखिएको बताउँदै उनले भनिन विद्यालयमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौँ’ ‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं।’ मेसिन राखेपछि महिनावारीका कारण छात्रा दुईरतीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन्।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार