• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतले किन छोड्याे १९ पाकिस्तानी बन्दी ?

भारतले किन छोड्याे १९ पाकिस्तानी बन्दी ?

  • बुधबार, जेष्ठ १, २०७६
भारतले किन छोड्याे १९ पाकिस्तानी बन्दी ?

जासुसी र गैरकानुनी रुपमा भारतमा बसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो ।

भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताउनुभयो । उनले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए ।

भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए ।

पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्ने क्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो जसमध्ये ५५ जना माझी थिए ।

पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो ।

भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो

चर्चामा

सम्बन्धित समाचार