शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • एकैपटक १ सय २५ जना यौनकर्मी पक्राउ

एकैपटक १ सय २५ जना यौनकर्मी पक्राउ

  • बुधबार, जेष्ठ १, २०७६
एकैपटक १ सय २५ जना यौनकर्मी पक्राउ

नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिदैं काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार