शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रवास
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्काः १.१७ विलियन डलर नोक्सान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्काः १.१७ विलियन डलर नोक्सान

  • बिहिबार, बैशाख २६, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्काः १.१७ विलियन डलर नोक्सान

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापारबाट १.१७ विलियन डलर नोक्सानी बेहोर्नुपरेको खुलासा भएको छ । नेपाली रुपैयाँलाई आधार मान्ने हो भने यो बजेट १ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले बुझाएको आयकर दस्तावेजका आधार यो निश्कर्षसहितको समाचार बाहिर ल्याएको हो । डोनाल्ड ट्रम्पलाई सबैभन्दा बढी व्यापार घाटा सन् १९८५ देखि १९९४ सम्मको अवधिमा भएको देखिन्छ । जबकि त्यसबेला उनी अमेरिकाको सत्ता नेतृत्वमा पुगेकै थिएनन् । न्युयोर्क टाइम्सका अनुसार सन् १९९० देखि १९९१ को बीचमा उनलाई २५० विलियन डलर नोक्सान भएको थियो ।

यो त्यसबेला अमेरिकाले जम्मा गर्ने कुल आयकरभन्दा केही बढी हो । पछिल्लो हप्ता पनि ह्वाइट हाउसका एक अधिकारीले राष्टपति ट्रम्पको व्यापार घाटा चुलिएको भन्ने भनाई उदृत गर्दै टाइम्सले समाचार लेखेको थियो । यद्यपि, न्युयोर्क टाइम्सको सो समाचारको खण्डन गर्दै राष्ट्रपति ट्रम्पका वकिल चाल्र्स हार्डरले पछिल्लो ३० वर्षयता उनको व्यापार ठिक ढंगले चलिरहेको दाबी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार