• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य, ६ वटा विद्येयक पारित मुख्य उपलब्धी

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य, ६ वटा विद्येयक पारित मुख्य उपलब्धी

  • बिहिबार, बैशाख १२, २०७६
सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य, ६ वटा विद्येयक पारित मुख्य उपलब्धी

प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी विद्येयकलाई फास्ट ट्रयाक मार्फत पारित गर्दै बीहिबार सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ। बीहिबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र सभामा सुनाउदै सभामुख अर्जुन बहादुर थापाले राती १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। गत माघ ४ गतदेखि सुरु भएको तेस्रो अधिवेशनबाट ६ वटा विद्येयक पारित हुनुलाई मुख्य उपलब्धी मानिएको छ।

सभामुख थापाले तेस्रो अधिवेशनमा प्रदेशसभा सञ्चालन नियमावलीको पहिलो संशोधन सहित ६ वटा विद्येयक सभाबाट पारित भएको जानकारी दिए। उनले तेस्रो अधिवेशनबाट प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, प्रदेशसभाको सचिव र सचिवालय सम्बनधमा व्यवस्था गर्न बनेको विद्येयक, प्रदेशमा सुशासन प्रत्याभुति गर्न सम्बन्धमा बनेको विद्येयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न विद्येयक, सुदूरपश्चिम लोकमार्ग विद्येयक र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक भएको बताए।

यस्तै सभामुख थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी र बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा शोक प्रस्ताव पनि प्रदेशसभाबाट पारित भएको जानकारी दिएका थिए। उनले २४ घण्टा ५० मिनेट सम्म चलेका प्रदेशसभाका २८ वटा बैठकमा प्रदेशसभा सदस्य र मन्त्रीहरुलाई ११ पटक विशेष सयम र ४ पटक शुन्य समय उपलब्ध गराईएको जानकारी समेत सभामा दिएका छन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार