• होमपेज
  • बाजुरा बिशेष
  • स्थानीयद्धारा सडक अबरुद्ध, एक सिट दिने सहमती

स्थानीयद्धारा सडक अबरुद्ध, एक सिट दिने सहमती

  • बिहिबार, बैशाख १२, २०७६
स्थानीयद्धारा सडक अबरुद्ध, एक सिट दिने सहमती

बडीमालिका खवर
स्थानीयद्धारा मार्तडी कोल्टी सडक खण्डको चुथीमा सडक अवरुद्ध गरेका छन् । बडीमालिका नगरपालिका वडा न ७ का स्थानियलाई जीपमा सिट नदिएको भन्दै सडक अबरुद्ध गरेको हो । वडामा दैनीक दश देखी पन्ध जीप चल्ने भएपनी वडाका सर्बसाधारणले जीपमा सिट नपाएका कारण यतायता चल्न नदिएको स्थानिय बिमला खत्रीले बताईन् ।
सदरमुकाम मार्तडीबाट जिल्ली, रजातोली र ढम्कनेका स्थानियलाई जीपमा सिट दिनुपर्ने माग राख्दै वडाका स्थानिय आमा समुहले सडक अबरोध गरेका हुन । यातायातको सेवा नपाएको विषयमा स्थानिय महिलाहरुले सेवा अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । सडक बन्द पछी वडा समितिको रोहवरमा सडक संचालनमा ल्याइएको बडीमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको समन्वयमा जीप व्यवसायी सघं विच सहमती गराएर जादा १ सिट अगाडी दिने र आउदा बिरामी र गाडीको पछाडीको सिट दिने सहमती गराएको जिल्ला प्रहरी कार्यालय बाजुरा इन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताएका छन् । स्थानिय र जीप ब्यबासायी सघं संग बिभिन्न सम्झौता गरेर जिप सेवा सुचारु गराएको इन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताएका छन् ।


जसमा प्रत्येक जीपमा मार्तडी देखी ढम्कने एक सिट अनिवार्य दिने फर्किदा आकस्मीक वा विरामी सिट दिने सहमती भएको छ । जिल्ला प्रशासनले तोकेको भाडा दर कायम गर्ने अन्यथा सेवा नदिने जीप व्यवसायी र विना कारण अवरुद्घ गर्नेलाई प्रहरिले कारबाहि गर्ने प्रहरीले बताएको छ । यस अघी पनी यस्ता निर्णय गरिएको भए पनी कार्यन्वयन नभएको स्थानिय बिमला खत्रीले बताईन । पटक पटक जिल्ला प्रशासनमा बैठक बसेर गरेको निर्णय जीप ब्यबासायीहरुले अबेज्ञा गरेकोले यस पछी गल्ती नदोहोर्याउने सहमती भएको बताएको छ । जिल्ला सडक अबरोध पछी स्थानिय महिला समुह जनप्रतिनिधी, प्रहरी र जीप ब्यबासायी सघं बिच सहमती गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार