• होमपेज
  • राजनीति
  • नेकपाको जिल्ला अध्यक्ष ३२ वर्षीय कटुवालको काँधमा

नेकपाको जिल्ला अध्यक्ष ३२ वर्षीय कटुवालको काँधमा

  • बिहिबार, बैशाख १२, २०७६
नेकपाको जिल्ला अध्यक्ष ३२ वर्षीय कटुवालको काँधमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल ‘दिवश’को काँधमा आएको छ । उमेरले ३२ वर्ष पुग्दै गरेको उनी तत्कालीन माओवादीको तर्फबाट अध्यक्ष भएका हुन् ।

कटुवाल सहिद परिवारका सदस्य हुन् । उनी तत्कालीन माओवादी नेता मोहन बहादुर तथा आमा गंगा कटुवालको छोरा हुन् । उनीहरु दुवै जनालाई २०५५ कार्तिक १२ गते र २०५९ मा तत्कालीन सरकारले नियन्त्रणमा लिई हत्या गरेको थियो ।

२०५७ सालदेखि राजनीतिमा लागेका कटुवाल माओवादी केन्द्रका जिल्ला संयोजक रहेका थिए । गत सोमबार काठमाडौंमा भएको पार्टीको जिल्ला अध्यक्ष र सचिव सार्वजनिकसँगै उनी नेकपाको जिल्ला अध्यक्ष बनेका हुन् ।

अध्यक्ष कटुवालले जिम्मेवारी पाएसँगै सक्रिय रुपमा जनताको काम गर्ने बताए । उनले भने, ‘जिम्मेवारी बढेको छ, अब देखी राम्रो काम गर्नेछु ।’

चर्चामा

सम्बन्धित समाचार