• होमपेज
  • राजनीति
  • सिके राउतले बुझाए सरकारलाई नामावली

सिके राउतले बुझाए सरकारलाई नामावली

  • बिहिबार, बैशाख १२, २०७६
सिके राउतले बुझाए सरकारलाई नामावली

काठमाडौं– सिके राउत नेतृत्व जनमत पार्टीले मुद्दा लागेका आफ्ना कार्यकर्ताहरुको नामावली गृहमन्त्रालयलाई बुझाएको छ ।  सरकार र स्वतन्त्र मधेशबीच भएको सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले सो नामावली बुझाएका हुन् ।  फाल्गुण २४ गते स्वतन्त्र मधेश गठबन्धन र  सरकार बीचको सम्झौता अनुसार सरकारद्वारा गठबन्धनका नेता कार्यकर्ताहरुमाथि लागेको राज्य विरुद्धको अपराध सहितका सबै मुद्दाहरु फिर्ता लिने सहमति भएको थियो । सोही अनुसार नामावली बुझाएको चन्दन सिंहले बताए । करिब चार सयजनाको नामावली बुझाएको उनले बताए ।

राज्यद्रोह, राज्य विप्लव, निर्वाचन कसुर, बालबालिका दुरुपयोग, सार्वजनिक अवपराधको मुद्दा, हातहातियार खरखाजना, अभद्र व्यवहार, गाली गलौज, सार्वजनिक शान्ति विरुद्धको, झुठा अपवाह फैलाइएको लगायतका मुद्दा सिके राउतको कार्यकर्तामा माथि लागेको थियो ।  जेलमा रहेका सम्पूर्ण कार्यकर्ता रिहा भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार