आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भ्रष्टाचार आरोपपछि आत्महत्या

भ्रष्टाचार आरोपपछि आत्महत्या

  • बिहिबार, बैशाख ५, २०७६
भ्रष्टाचार आरोपपछि आत्महत्या

लिमा : पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्।

आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।’ –एएफपी ।

अन्नपुर्ण पाेष्ट बाट शाभार

चर्चामा

सम्बन्धित समाचार