आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चार स्थानीय तह टेलिफाेन सम्पर्क विहिन

चार स्थानीय तह टेलिफाेन सम्पर्क विहिन

  • बुधबार, बैशाख ४, २०७६
चार स्थानीय तह टेलिफाेन सम्पर्क विहिन

संगिता तिमिल्सेना
बाजुरा ४, वैशाख
दुई दिन देखीको लगातार पानीले बुधबार विहान देखि टेलिफोन सेवा अवरुद्ध हुदा उत्तरी भेगका चार स्थानीय तह सम्पर्क विहिन भएका छन् । टावरमा बिजुली नहँुदा सोलारबाट संचालन गरिएको टावरमा पटक÷पटकको वर्षका कारण घाम नलागेपछि सोलारको ब्याट्रीमा चार्ज नभएर टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराका माधव प्रसाद पाण्डेले वताएका छन् ।
सो क्षेत्रमा आकाशमा अलिकति बादल लाग्ना साथ टेलिफोनको टावर अवरुद्ध हुने गरेको टेलिकम बाजुराले वताएको छ । धेरै घाम लाग्दा पनि सो क्षेत्रमा टेलिफोनको नेटवर्क जाने र अलिकति आकाशमा बादल लाग्ना साथ र पानी पर्दा टेलिफोनको टावर जाने भएकाले चार वटा स्थानीय तहका बासिन्दाले निकै सास्ती भोग्दै आएका छन् ।
मौसम परिवर्तनसंगै पानी पर्ने भएकाले टावरका लागि राखिएका सोलारले काम नगर्दा फोन सेवा अवरुद्ध हुने गरेको कार्यालय प्रमुख जोशीको भनाई रहेको छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिका, हिमाली गाँउपालिका, स्वामिकात्र्तिक गाँउपालिका र जगन्नाथ गाँउपालिकाका बासिन्दाहरु सम्पर्क बिहिन बनेका हुन् ।
उक्त पालिकाका कतिपय गाँउहरु उसै त टेलिफोनको टावर टिप्दैनन्् त्यसैमा पनि पटक पटकको टेलिफोनको टावरको समस्याले त्यहाँका बासिन्दाहरुले खाल्डोभित्र पसेको अनुभव गरेको बुढीनन्दा नगरपालिका–५ का स्थानीय नन्दबीर चदराले दुखेसो गर्नु भयो । उहाँले भन्नुभयो–“न त टेलिफोनको राम्रो व्यवस्था छ, न त बिजुलीबत्ती न त सडक नै हामीले कहिले आधारभुत सेवा सुविधा पाउने सकेको छैन ।”
थोरै पानी प¥यो भने सदरमुकाम सम्म जानका लागि २ देखि ४ दिनसम्मको पैदल बाटो हिड्नुपर्छ । सर्व साधारणले सदरमुकाम सम्म जाने अवस्था नै छैन । बिजुली बत्तीको लागि त झनै कोल्टी क्षेत्रमा पालो कुर्नुपर्छ । उज्यालो बाल्नका लागि पनि पालो कुर्नपर्ने बाध्यता कहिले हट्ला अर्का स्थानीय लाल बहादुर बिकले थपे । त्यसो त हिमाली गाँउपालिकाका कतिपय गाँउले हरुले त बत्ती कस्तो हुन्छ भन्ने कुराको आभास पनि गरेका छैनन् । बाल्नको त कुरै छोडौँ । यता हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल भने स्थानीय सरकारले बिजुलीलाई पहिलो प्राथमिकतामा राखेर आफुहरु अगाडी बढेको वताए ।

चर्चामा

सम्बन्धित समाचार