• होमपेज
  • राजनीति
  • विप्लव अब प्रचण्डको पार्टी नेकपामा आउने !

विप्लव अब प्रचण्डको पार्टी नेकपामा आउने !

  • आइतवार, बैशाख १, २०७६
विप्लव अब प्रचण्डको पार्टी नेकपामा आउने !

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव सशस्त्र युद्धाताका एउटै पार्टी नेकपा माओवादीमा थिए । शान्ति प्रक्रियामा आएसँगै यी दुई नेता फरक फरक पार्टीको नेतृत्व गरिरहेका छन् । उनीहरु दुवैको पार्टीको नाम मिल्दो छ, पार्टी भने फरक हो । प्रचण्डले नेतृत्व गर्ने पार्टीको नाम नेकपा हो भने विप्लवले नेतृत्व गरेको पार्टीको नाम पनि नेकपा नै हो । तर, दुई पार्टी अलग अलग हुने भने विचार र सिद्धान्त पनि फरक छ । अब फेरि उनीहरु एउटै पार्टीमा हुने प्रचण्डले बताएका छन् । काठमाडौंमा मंगलबार आयोजिक कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले केहि समयपछि विप्लव पनि आफ्नै पार्टीमा आउने जानकारी दिएका हुन् । विप्लव ढिलोचाँडो सत्तारुढ नेकपामा प्रवेश गर्ने बताएका प्रचण्डले यसको भरपर्दाे आधार भने दिएनन् ।

विप्लवको नेकपामा रहेका केहि कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले ठिक समयमा ठिक निर्णय गर्नुभएको छ। तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं,’ ‘ढुक्क हुनुस् , कुनै डर लिनुपर्ने अवस्था छैन। तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ।’

विप्लव पनि ढिलोचाँडो आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको भन्दै दाहालले भने ” ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ अरु कुनै विकल्प छैन,’।

चर्चामा

सम्बन्धित समाचार