बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • नेता बोहराले जन्मदिनको अवसरमा असाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

नेता बोहराले जन्मदिनको अवसरमा असाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

  • बुधबार, चैत्र २७, २०७५
नेता बोहराले जन्मदिनको अवसरमा असाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बडीमालिका खवर
बाजुरा २७ चैत्र
नेकपा नेता जनक बोहराले जन्मदिनको अवसरमा असाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । नेता बोहराले  जन्मदिनको अवसरमा अनाथालयमा रहेका बालबालिका लाई शैक्षिक सामाग्री वितरण गरेका हुन । नेता बोहराले बुढीगंगा नगरपालिकामा रहेको बाल अनाथालयमा गएर अनाथ बालबालिकाहरुलाइ शैक्षिक साम्रगी दिएर जन्मदिन मनाएका हुन् ।
तत्कालिन नेकपा एमालेका महत्पुर्ण जिम्मेवारी समालेका नेता बोहरा लामो समयदेखी समाजको सेवा गर्दै आएका उनका शुभचिन्तकले बताउने गरेका छन् । नेता बोहराले बाजुराको बुढिगंगा नगरपालिका वडा नंम्बर २ ताप्रामा रहेको कन्सन बाजुरा नामक अनाथालय संस्था अनाथ वालवालिकाका लागि शैक्षिक साम्रगी बितरण गरेको बालगृहका अध्यक्ष बहादुर थापाले बताएका छन् ।
कन्सन बाजुरा नामक अनाथालय संस्था दर्ता भई अनाथ वालवालिकालाइ लालन पालन र शिक्षा शुरु गर्ने उदेश्यले बाल गृह निर्माण गरिएको हो । अनाथहरुको अभिभावक बन्न र अभिभावकत्व दिन सो कार्य गरेको नेता बोहराले बताए । यस बर्ष झै अघिल्लो बर्ष पनी सोही ठाउँमा केही साम्रगी दिएर आफ्नो जन्मदिन मनाएको बोहराले बताए । नेपालकै कान्छा अभियान्ता केपी खनाल र अनाथालयका अध्यक्ष बहादुर थापाको हातबाट आज एक कार्यक्रमका बिच सो साम्रगी बितरण गरिएको नेता बोहराले बताएका छन् ।
सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ केही गर्नु पर्छ भन्ने मान्यता र सो अनाथालयमा अरु सबैले कुनै न कुनै तवरबाट सहयोग गर्नुपर्छ भन्ने उदेश्यका साथ सो कार्य गरेको उनले बताए । भवन निर्माण तथा ब्यबस्थापनका लागि नेपालकै कान्छा अभियान्ता केपी खनाल र गणेश थापाले देश बिदेशमा चन्दा संकलन गरेर अनाथालय संचालनमा ल्याएका छन् । २०७२ सालमा स्थापना भएको कन्सन बाजुराले जिल्लामा साहारा विहिन अनाथ १३ जना वालवालिकाले संस्था मार्फत साहारा पाईरहेका छन् । भवन निर्माणका लागि सामाजिक अभियन्ताहरु समेत सक्रिय रुपमा लागि परेका छन् । २०३६ सालमा जिल्लाको तत्कालिन पाण्डुसैन गाबिस हालकाे बुढीनन्दा नगरपालिकामा जन्मेका बोहराले सानै उमेरमा समाज सेवाको काम गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार