बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाल क्लवले एचआईभी सक्रमीत बालबालिकालाई राहत वितरण

बाल क्लवले एचआईभी सक्रमीत बालबालिकालाई राहत वितरण

  • बुधबार, चैत्र २७, २०७५
बाल क्लवले एचआईभी सक्रमीत बालबालिकालाई राहत वितरण

नन्दा थापा, बाजुरा २७ चेत्र : विपन्न तथा एचआईभी सक्रमीत बालबालिकालाई राहत वितरण गरिएको छ । नव वर्षको अवसर पारी कोपीला बाल समुहले राहत साम्रगी बितरण गरेको हो । बुढीगंगा नगरपालिका ८ मा विद्यालयमा निरन्तरता दिन राहत वितरण गरेको बाल कल्वले बताएको छ । बाल समुहले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीका लागि चाहिने शैक्षिक सामग्री सहयोग स्वरुप ३० जना एचआईभी सक्रमीत बालबालिकालाई हस्तान्त्रण गरेको बाल क्लवले बताएको छ ।
बालबालिकालाई विद्यालय पोषाक, कापी कलम लगायत ५० हजार बराबरको राहत वितरण गरिएको क्लवका अध्यक्ष कृष्ण थापाले बताएका छन् । अध्यक्ष कृष्णबहादुरको थापाको अध्यक्षतामा सञ्चालन भएको राहत वितरणको कार्यक्रममा ८ का वडा सदस्य रंग वड र देव नेपाली लगायत अभिभावक विद्यार्थीको सहभागिता रहेको क्लवका अध्यक्ष थापाले जानकारी दिएका छन् ।
बाल क्लवले दिएको राहातले विद्यालयमा निरन्त्रता दिन ठुलो सहयोग पुगेको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् । शैक्षिक सामग्री विनै विद्यालयमा आउने समस्या हटेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । राहत सामग्री संकलनको लागि बुढीगंगा नगरपालिका ८ ले सहयोग गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार