शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रवास
  • अमेरिकी र भारतीय सैनिकले लिबिया छाडे, युएन कार्यालय सुरक्षाको जिम्मा नेपाली सेनालाई

अमेरिकी र भारतीय सैनिकले लिबिया छाडे, युएन कार्यालय सुरक्षाको जिम्मा नेपाली सेनालाई

  • मङ्लबार, चैत्र २६, २०७५
अमेरिकी र भारतीय सैनिकले लिबिया छाडे, युएन कार्यालय सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं । लिबियामा युद्ध चर्केपछि त्यहाँ रहेका अमेरिकी र भारतीय सैनिकले लिबिया छाडेका छन् । तर नेपाली सेना भने लिबियामै रहने भएको छ । नेपाली सेनालाई राजधानी त्रिपोलीस्थित मिसन हेडक्वाटरको सुरक्षा जिम्मा दिइएको छ ।

युद्ध चर्केपछि अमेरिकाले आफ्नो सैनिकहरुलाई स्थानान्तरण गरेको जनाएको छ । अमेरिकी सेनाको युएस अफ्रिका कमाण्ड त्यहाँबाट सारिएको बताइएको छ ।

त्यस्तै भारतले पनि शान्ति सेनामा कार्यरत आफ्ना सैनिक तथा प्रहरीलाई सारेको जनाएको छ । भारतीय विदेश मन्त्री सुस्मा स्वराजले त्यहाँ कार्यरत १५ सेन्ट्रल रिजर्भ पुलिस फोर्सका शान्ति सेनालाई त्रिपोलीबाट उद्धार गरिएको जानकारी गराएकी छन् ।

लिबिया मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि घासन सलामेलगायतका उच्च अधिकारीहरुको सुरक्षा त्यहाँस्थित राष्ट्र संघीय शान्ति सेनामा कार्यरत नेपाली सेनाले गरिररहेको छ । मिसनमा कार्यरत २३१ जना नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्र संघले आवश्यक बाहेकका आफ्ना अधिकारीहरुलाई बाहिर पठाएको  छ।

पछिल्लो पटक राजधानी त्रिपोली नजिकै राष्ट्र संघ समर्थित सरकारी सेना र विद्रोही पक्षबीच भएको भिडन्तमा २१ जना मारिएका छन् ।

यसअघि राष्ट्रसंघले घाइतेहरुको उद्धारका लागि दुई घण्टा युद्धविराम गर्न आग्रह गरेको थियो तर पनि युद्ध जारी रहेको छ ।

पछिल्लो समय लिबियामा शान्ति स्थापनाको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरेसको प्रयास असफल भएसँगै हिंसा भड्किएको छ ।

तस्वीर : फाइल फोटो

चर्चामा

सम्बन्धित समाचार