शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रवास
  • जापानमा कामदार पठाउने विषयमा दोस्रो सम्झौता चाँडै हुने

जापानमा कामदार पठाउने विषयमा दोस्रो सम्झौता चाँडै हुने

  • सोमवार, चैत्र २५, २०७५
जापानमा कामदार पठाउने विषयमा दोस्रो सम्झौता चाँडै हुने

काठमाडौँ — सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा दोस्रो सम्झौता चाँडै गर्ने भएको छ । पहिले भएको सम्झौतालाई कार्यान्वयन गर्ने गरी उक्त तयारी भइरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । ‘कम भन्दा कम पैसामा जापानमा कामदार पठाउनका लागि हामीले गृहकार्य गरिरहेका छौँ। त्यस सम्बन्धी सम्झौता चाँडै हुँदैछ’, मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले भने। सञ्चार केन्द्र नेपालले आइतबार राजधानीमा गरेको अन्तक्रियामा उनले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभिन्न खालका नीतिहरू अवलम्बन भइरहेको अवगत समेत गराए।

कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री कमल चौलागाईँ बाध्यतामा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको र अहिले त मुलुकको विकासको लाइफलाइन नै वैदेशिक रोजगार भइसकेको बताए। उनले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले भारतसँग व्यापार नाफा र घाटाको काम गरिरहेकाले नेपालीहरूको लागि वैदेशिक रोजगार अपरिहार्य भएको तर्क गरेका थिए।
चौलागाईंले पछिल्लो समय मुलुकको अर्थतन्त्रलाई बिगार्न दुष्प्रयास गर्नेहरूले वैदेशिक रोजगारसम्बन्धी विभिन्न अफवाह फैल्याउँदै आइरहेकाले यस विषयमा सचेत रहनुपर्ने समेत बताए। कार्यक्रममा नेविसंघका नेता सन्तोष पाण्डेले वैदेशिक रोजगारमा जाने हजारौं युवाहरु विभिन्न बहानामा ठगिन बाध्य हुँदा पनि सरकारले उचित कदम चाल्न नसकेको आरोप लगाए।

चर्चामा

सम्बन्धित समाचार