बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना, ३ जना गम्भीर घाइते

महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना, ३ जना गम्भीर घाइते

  • आइतवार, चैत्र २४, २०७५
महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना, ३ जना गम्भीर घाइते

२४ चैत्र – बुटवलबाट महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना हुदा १६ यात्रु घाइते भएका छन । तीन जना गम्भीर छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक लु १ ख ८६३० नम्बरको बस दुर्घटनामा परेको हो ।

सामान्य घाइतेहरु लमही अस्पतालमा प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन । गम्भीर घाइतेलाई थप उपचारको लागि अन्यत्र पठाइएको छ । बसको पट्टा भाच्चिँदा अनियन्त्रित भएर बस दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए । बस राजमार्ग देखि १० मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार