शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • डोका भरि पनि बोरा भरि पनि लोकल आलु

डोका भरि पनि बोरा भरि पनि लोकल आलु

  • आइतवार, चैत्र २४, २०७५
डोका भरि पनि बोरा भरि पनि लोकल आलु

पूर्वखोला गाउँपालिका २ जल्पाका महिला आलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । यहाँका महिला यतिवेला आलु स्याहार्न खेतबारीमै व्यस्त छन् । महिला समुहले लगाएको आलु उत्पादनमा बृद्धि भएपछि महिलाहरु आलु खन्न र बेच्न व्यस्त बनेका हुन् । विहान घरायसी काम सक्काएर दिनभरीको समय खेतबारीमै विताउछन ।

महिलाको आयआर्जन बढाउने उद्देश्यले खेर गएको जग्गाको सदुपयोग गर्दै शुभ सन्देश महिला समुहमा आवद्ध महिलाले ५४ रोपनी क्षेत्रफल जग्गामा आलु खेती गरेका छन् । यस वर्ष ५० क्वइन्टल आलु लगाइएकोमा करिव २०० क्वइनटल उत्पादन भएको छ समुहकी अध्यक्ष चन्द्रा सरा रखालले बताइन् ।
शुभ सन्देश महिला समुहकी अध्यक्ष चन्द्री सरा सारु रखालले ले गाउँपालिकाको केही अनुदान र महिला समुहको थप लगानीमा आलु खेती सुरु गरेको बताइन् । महिलाहरु यसरी सामुहिक रुपमा आवद्ध भई काम गर्न थालेको यो पहिलो अनुभव हो सारुले भन्नुभयो धेरै जना दिदी बहिनीहरु मिलेर काम गर्दा सबै कुरामा सहज हुँदो रहेछ ।

आलुबाट भएको आम्दानी केही समुहमा जम्मा गर्ने र केही सामुहिक कृषि खेतीमै लगानी गर्ने उहाँको भनाई छ । कृषिबाट महिलाबाट महिलाको आयआर्जन बढाउने उद्देश्यले यस क्षेत्रका १५५ जना महिला सामुहिक खेती गर्दै आएका छन् । समुहले सिजन अनुसार आलु, बेसार, अदुवा लगायतका खेती गर्दै आएको अध्यक्ष रखालले बताइन् ।

महिलाको यो सफलताले यस क्षेत्रका किसानहरुलाई कृषि क्षेत्रमा थप उत्साहित बनाएको छ । केही वर्ष अघिसम्म परम्परागत रुपमा मकै, गहूँ, कोदो लगाउने किसानहरुले समेत हिजो आज आलुनै लगाउन थालेका छन् । कृषि प्राबिधिक धन बहादुर ओलीले स्थलगत अवलोकन पछि थप सुझाव दिएका छन् ।
एक वडा एक कृषि पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडामा एक कृषि प्राविधिकको व्यवस्था सहित आवश्यक प्राविधिक सहयोग गर्न थालेपछि कृषि क्षेत्रमा किसानहरुको थप आकर्षण बढेको वडा अध्यक्ष निर बहादुर सारूले बताए ।

चर्चामा

सम्बन्धित समाचार