शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानको एक शहरमा दोहोरो बम विस्फोटमा हुदाँ तीन जनाको मृत्यु,,, १९ जना घाइते

अफगानिस्तानको एक शहरमा दोहोरो बम विस्फोटमा हुदाँ तीन जनाको मृत्यु,,, १९ जना घाइते

  • शनिबार, चैत्र २३, २०७५
अफगानिस्तानको एक शहरमा दोहोरो बम विस्फोटमा हुदाँ तीन जनाको मृत्यु,,, १९ जना घाइते

पूर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फाेटमा परेर तीन जनाले ज्यान गुमाएको र १९ जना घाइते भएको सरकारका प्रवक्ताले बताएका छन् । ‘

हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा बलका अधिकारीहरु रहेका छन्, ’नांगरहार प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले भने । धमाकाको कारणबारे भने थाहा नभइसकेको उनले बताए । यो घटनाबारे अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

आतंकवादी समूह र अफगान सुरक्षा बलबीच हुने लडाइमा कैयौं सर्वसाधरणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् । (एजेन्सी)

चर्चामा

सम्बन्धित समाचार