शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरियामा भिषण आगलागी , केहि मानिस हताहत सयौं घर जलेर नष्ट

कोरियामा भिषण आगलागी , केहि मानिस हताहत सयौं घर जलेर नष्ट

  • शुक्रबार, चैत्र २२, २०७५
कोरियामा भिषण आगलागी , केहि मानिस हताहत सयौं घर जलेर नष्ट
कोरियाको खाङ्वन प्रान्तमा भिषण आगलागी भएको छ । बिहिबार साँझ ७ बजे देखि शुरु भएको उक्त आगलागीमा परि १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । खाङ्वन अग्नि नियन्त्रकका अनुसार गोसेओङ् क्षेत्रको बाटोको छेउ बाट शुरु भएको उक्त आगलागी नजिकैको पहाडमा फैलिएको थियो ।


२सय ५० हेक्टर जमिनमा फैलिएको भिषण आगलागीमा परि सयौं घर जलेर नष्ट भएका छन् भने ४ हजार मानिस घरबार बिहिन भएका छन् ।

त्यस्तै आगो नियन्त्रणको निमित्त राष्ट्रिय अग्नि नियन्त्रण विभागले सियोल , इन्छन ,थेजन ,ख्यान्गीदो क्षेत्रका सम्पूर्ण अग्नि नियन्त्रकहरु प्रयोग गरिएको बताएको छ l शुक्रबार बिहान सम्म देशका ३ हजार २ सय ५० वटा अग्नि नियन्त्रक हरुले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण भन्दा बाहिर जान थालेपछि बुसान तथा उल्सान क्षेत्रबाट समेत बरुण यन्त्र हरु मगाइएको थियो । ५२ वटा हेलिकप्टर तथा १० हजार भन्दा धेरै मानिसको आगो निभाउने संयुक्त प्रयास पछी शुक्रवार सम्म आगो नियन्त्रणमा आएको बताइएको छ ।

त्यस्तै सरकाले खाङ्वनदो क्षेत्रमा राष्ट्रिय दैबी प्रकोप घोषणा गर्दै शुक्रवार सम्पूर्ण बिधालय तथा सरकारी कार्यालयहरु बन्द गरेको छ । आगलागीबाट घरबार बिहिन भएकाहरु हाल बिभिन्न शेल्टर हरुमा आश्रय लिएर बसिरहेका छन् ।

गत मंगलावार मात्र बुसान क्षेत्रमा भएको भिषण आगलागी १२ सय अग्नि नियन्त्रकको संयुक्त प्रयास पछी ३० घन्टामा नियन्त्रणमा आएको थियो । योंघाप, हेलो नेपाल कोरिया डट कम बाट

चर्चामा

सम्बन्धित समाचार