शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • जीबिको पार्जन सम्बन्धि पालिका स्तरीय गोष्ठी

जीबिको पार्जन सम्बन्धि पालिका स्तरीय गोष्ठी

  • शुक्रबार, चैत्र २२, २०७५
जीबिको पार्जन सम्बन्धि पालिका स्तरीय गोष्ठी

लक्ष्मीराज पाध्याय
बाजुरा २२ चैत
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जिबिको पार्जन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमको आयोजना र राष्ट्रिय योजना आयोगको सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो ।
जिल्लाको खाद्य अधिकारको बिष्लेशण र पुनरथ्थान सम्बन्धमा कार्यशाला गोष्ठीको आयोजना गरिएको बिश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक गणेश पाध्यायले बताए । गोष्ठीमा जिल्लाका बिभिन्न पालिकामा जीविको पार्जन, जलवायू परिर्वतन, खाद्य सुरक्षा लगायत बिषयका बारेमा छलफल गरिएको संयोजक पाध्यायले बताए । बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) ले ३ ओटै तहमा यो कार्यक्रम गर्ने र पुनरथ्थानका लागी कस्ता कार्यक्रमलाई प्राथकिता दिने भन्ने बिषयमा छलफल गरिएको बताएका छन् ।
जिल्लाका कुन तहमा कस्तो अवस्था छ त्यसको बारेमा प्रारम्भीक छलफलपछी कार्य योजना बनाएर कार्यक्रमको लाग िपहल हुने बताएका छन् । जिल्लाका नौ ओटै स्थानिय तहका जनप्रतिनिधीको सहभागीतामा आ–आफ्नो पालिकाको भौगलिक, आर्थिक सामाजिक क्षेत्रका बारेमा जानकारी गराएको र त्यसैको आधारमा कार्यक्रम र योजना बनाएर अगाडी बढ्ने बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) ले बताएको छ । त्यसै गरी उत्पादन, त्यस स्थानका स्थानियको जिवन शैली, जलवायू जन्य जोखीम लगायत बिबिध बिषयमा छलफल गरिएको बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) केन्द्रीय कार्यालयका जिआईएस अफिसर मान क्षेत्रीले बताएका छन् ।
जिल्ला स्थरमा गरिएको कार्यक्रममा जिल्लाका नौ ओटै स्थानिय तहका प्रमुख उपप्रमुख, नौ ओटै स्थानीय तहका कृर्षी शाखाका शाखा प्रमुख, कृर्षी समुह, कृषी सहकारीका प्रतिनिधीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीले आ–आफ्नो क्षेत्रको जनजीवन अबस्थाका बारेमा जानकारी गराएका थिए । जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको संचालन बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) बाजुरा प्रतिनिधी गणेश पाध्यायले गरेका थिय भने कार्यक्रमको सहजीकरण बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी) केन्द्रीय कार्यालयका जिआईएस अफिसर मान क्षेत्रीले गरेका थिए । कार्यक्रम जिल्ला स्थित बिभिन्न स्थानिय तहका जनप्रतिनिधी, नौ ओटै स्थानिय तहका कृर्षी शाखाका प्रमुखको समेत सहभागीता रहेको बिश्व खाद्य कार्यक्रम (डब्लु एफ पी)ले बताएको छ । त्यसै गरी कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार