शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका सरकारी अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

सुदूरपश्चिमका सरकारी अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

  • शुक्रबार, चैत्र २२, २०७५
सुदूरपश्चिमका सरकारी अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। सोही अनुसार सुदूरपश्चिमका सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा ठप्प हुने जनाईएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमति विपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ (गोदान)ले आजबाट सेवा बहिस्कार गर्ने संघका सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले बताए।

समायोजनको विरोध गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको उनले बताए। संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघ सुदूरपश्चिमले पनि समर्थन जनाएको छ। संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ। सुदूरपश्चिम प्रदेशभरी रहेका झण्डै ९० प्रतिशत डाक्टरको संघीय सरकारमा समायोजन भएको छ भने सुदूरपश्चिममा रहेको डडेल्धुरा अस्पतालमा बाहेक सबै अस्पताल प्रदेश मातहतमा रहेका छन्।

डाक्टरको संघीय सरकारको मातहतमा समायोजन भएपछि प्रदेश अन्तरगत रहेका अस्पतालहरु भने डाक्टर विहिन जस्तै हुने भएका छन्। डाक्टरले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय भएको सार्वजनिक गरेको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार