बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वर्तमान भारतीय लोकसभाका ८३% सांसद करोडपति, ३३ प्रतिशतविरुद्व अपराधिक मुद्दा

वर्तमान भारतीय लोकसभाका ८३% सांसद करोडपति, ३३ प्रतिशतविरुद्व अपराधिक मुद्दा

  • शुक्रबार, चैत्र २२, २०७५
वर्तमान भारतीय लोकसभाका ८३% सांसद करोडपति, ३३ प्रतिशतविरुद्व अपराधिक मुद्दा

एजेन्सी । चुनाव सुधारको लागि काम गर्ने भारतीय गैर–सरकारी संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)’ ले तयार पारेको एक रिपोर्ट अनुसार विद्यमान लोकसभाका ५२१ सांसदहरुमध्ये कम्तिमा ८३ प्रतिशत करोडपति रहेको र ३३ प्रतिशतविरुद्ध आपराधिकमामला छन् ।  एडीआरले सन् २०१४ को आम चुनावबाट चुनिएका लोकसभाका ५४३ सदस्यहरुमध्ये ५२१ सांसदहरुको शपथ–पत्रको विश्लेषण गरेर यो रिपोर्ट तयार गरेको हो ।

रिपोर्टमा भनिएको छ ,‘जो ५२१ वर्तमान सांसादहरुको शपथपत्रको विश्लेषण गरिएको छ, उनीहरुमा ४३०(८३%) करोडपति छन् । यसमा भाजपाबाट २२७, कांग्रेसका ३७ र अन्नाद्रमुकबाट २९ सांसद छन् ।’

रिपोर्टका अनुसार लोकसभाको वर्तमान सदस्यहरुको औसत सम्पत्ती १४.७२ करोड भारु छ ।

रिपोर्टका अनुसार ३३% वर्तमान लोकसभा सांसदहरुविरुद्व अपराधिक मुद्दा भएको शपथपत्रमा उल्लेख छ ।

गैर–सरकारी संस्थाको रिपोर्टमा भनिएको छ, ‘तीमध्ये १०६ ले आफूविरुद्व गम्भीर अपराधिक मामला भएको घोषणा गरेका छन् । यसमा हत्या प्रयास, साम्प्रदायीक सद्भाव बिगार्ने प्रयास, अपहरण र महिलाविरुद्व अपराधजस्ता मुद्दाहरु छन् । जबकी १० वर्तमान सांसदहरुले आफूमाथि हत्याको मुद्दा रहेको बताएका छन् । तीमध्ये चार सांसद भाजपाका छन् । कांग्रेस, राकांपा, लोजपा, राजद र स्वाभिमान पक्षबाट एक÷एक जनालाई यो मुद्दा लाग्ने सांसद छन् । यो आरोप लागेका एक सांसद भने स्वतन्त्र छन् ।’

रिपोर्टका अनुसार हालका १४ सांसदहरुले आफूविरुद्व ‘हत्या प्रयास’को मुद्दा लागेको घोषणा गरेका छन् । तीमध्ये ८ सांसदहरु भाजपाका छन् । त्यस्तै कांग्रेस, तृणमूल कांग्रेस, राकांपा, राजद, शिवसेना र स्वाभिमानी पक्षका एक÷एक सांसद छन् ।

रिपोर्टमा १४ सांसदले आफूविरुद्व साम्प्रदायीक सद्भाव विगार्ने मुद्दा भएको घोषणा गरेका छन् । तीमध्ये १० सांसद भाजपाका छन् । जबकी टीआरएस, पीएमके, एआईएमआईएम र एआईयूडीएफका एक एक सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार