सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • देश/प्रदेश
  • सेती अस्पतालमा २ जना डाक्टर मात्रै रहने, १३ जनाको संघीय सरकारमा समायोजन

सेती अस्पतालमा २ जना डाक्टर मात्रै रहने, १३ जनाको संघीय सरकारमा समायोजन

  • बिहिबार, चैत्र २१, २०७५
सेती अस्पतालमा २ जना डाक्टर मात्रै रहने, १३ जनाको संघीय सरकारमा समायोजन

सेती अञ्चल अस्पतालका १३ जना डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टर विहिन जस्तै हुने भएको छ। अस्पतालमा १५ जना सरकारी डाक्टर रहेकोमा १३ जनाको संघीय सरकारमा समायोजन भएको हो। स्थापना कालदेखि नै दरबन्दी अनुसारका डाक्टर नपाएको अस्पतालमा रहेका अधिकांश डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टर विहिन जस्तै हुने भएको हो। सुदूरपश्चिममा संघीय सरकारको मातहतमा डडेल्धुरा अस्पताललाई मात्र राखिएको छ। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन अनुसार अव सेती अञ्चल अस्पतालमा २ जना मात्रै डाक्टर रहने भएका छन्। उनका अनुसार डाक्टर १० औँ तहका खगेन्द्र भट्ट र ९ औँ तहका जगदिश जोशीको मात्रै सेती अञ्चल अस्पतालमा समायोजन भएको छ भने अन्य सवै सरकारी डाक्टरको संघीय मातहतमा रहेका अस्पतालमा सामायोजन भएको छ।

सुदूरपश्चिमकै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याईएकोले यस्तो समस्या श्रृजना भएको चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद जोशीले बताए। उनले सेती अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याईएको तर सवै डाक्टरको सरुवा भने संघीय सरकारको मातहतमा रहेका अस्पतालमा गरिएकाले अस्पतालको झनै बेजोग हुने बताए। सरकारी चिकित्सक संघ (गोदान) का सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले पनि सरकारले गरेको समायोजनले सेती अञ्चल अस्पतालको भविष्य नै संकटमा पारेको बताए। उनले सरकारले सहमति विपरीत समायोजनको सूची प्रकाशित गरेपछि सरकारी डाक्टरले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको बताए। शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा समायोजनको विरोध गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको उनले बताए।

साढे ३ दशकदेखि स्तरोन्नती नगरिदा  अस्पतालमा जनशक्ति, संरचना र शैया अभावको विकराल समस्या देखिएको  बेला भएका डाक्टरको पनि अन्य अस्पतालमा समायोजन हुने भएपछि सेवा झनै सस्किने चिन्ता अस्पताल प्रशासनको छ। अस्पतालमा करार र ज्यालादारीमा पनि ३० जना डाक्टर कार्यरत छन्। अस्पतालमा सुदूरपश्चिमका ९ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखि उप–क्षेत्रीय अस्पताल डडेल्धुराबाट पनि बिरामी  रेफर भएर आउने गरेका छन्।

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० साल अञ्चलमा स्तरोन्नती भएको थियो।  ्एकातिर जनङख्या तिव्र रुपमा बढिरहेको छ भने अर्को तर्फ २०४० सालकै दरबन्दीमा अस्पताल चलीरहँदा अस्पतालमा जनशक्ति र भौतीक संरचनाको अभाव  भएको छ।
२०४० सालमा ५० सैयाको सरकारी स्वीकृती पाएको अस्पताललको ३४ बर्ष सम्म स्तरोन्नती भएको छैन्। साविकको संरचनमा पटक–पटक क्षेत्रीय अस्पतालका लागी पहल भएपनि माग पुरा हुन सकेन। अहिले आएर स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालाई प्रदेशको मातहतमा पठाएको छ। प्रदेशले अस्पतालको नामाकरण प्रादेशीक गर्ने निर्णय त गरेको छ तर शैया र जनशक्ति बढाउने अधिकार नभएको बताउँदै आएको छ। सुदूरपश्चिममा संघीय सरकारको मातहतमा डडेल्धुरा अस्पताललाई मात्र राखिएको छ। दिनेश खवर अनलाइनमा समाचार लेखेकाे छ

चर्चामा

सम्बन्धित समाचार