बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मुख्यमन्त्री कपको खर्च विवरण: भ्रम फैलाउनेको मुखमा बुझो

मुख्यमन्त्री कपको खर्च विवरण: भ्रम फैलाउनेको मुखमा बुझो

  • बिहिबार, चैत्र २१, २०७५
मुख्यमन्त्री कपको खर्च विवरण: भ्रम फैलाउनेको मुखमा बुझो

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर अनुमानित बजेट भन्दा निकै कममा सम्पन्न गरेको जानकारी दिएको हो ।

यसअघि खेलकूद प्रतियोगिता आयोजना गर्दा आफू निकटकालाई समितिमा राखेर तोकिएभन्दा वढी खर्च गरिदै छ भन्ने भ्रम फैलाइएको थियो । ५ दिनसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगितामा करिव २ करोड ५० लाख लाग्ने अनुमान गरिएपनि तीन करोड बढी रकम सिद्धाइदै छ भन्ने भ्रम फैलाइएको भन्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मितव्ययीता अपनाउँदा कम रकममै प्रतियोगिता सम्पन्न गरेर भ्रमितको मुखमा बुझो लगाएको बताउनुभयो । प्रतियोगितामा २ करोड १४ लाख ३९ हजार ५ सय रकम मात्रै खर्च भएको विवरण उहाँले सार्वजनिक गर्नुभयो ।

अन्य प्रदेशका दाँजोमा सुदूरपश्चिम पछाडी भएपनि खेलकूदमा अब्वल भएको देखिएको यस सकारात्मक कुरोमा सबैको सर्पोट हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा देशव्यापीरुपको राष्ट्रियस्तरको यो प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैलाई मन्त्रालयका सचिव ईञ्जिनीयर गोगनवहादुर हमालले धन्यवाद दिनुभएको थियो ।

यस्तो छ खर्च विवरण 

चर्चामा

सम्बन्धित समाचार