शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • पाँच दिने निशुल्क स्वास्थ्य शिवीर शुरु

पाँच दिने निशुल्क स्वास्थ्य शिवीर शुरु

  • बुधबार, चैत्र २०, २०७५
पाँच दिने निशुल्क स्वास्थ्य शिवीर शुरु

पदम सिंह
बाजुरा २० चैत्र
जिल्ला अस्पताल बाजुरामा बुधवार बाट निशुल्क स्वास्थ्य शिवीर संचालन भएको छ । सामाजिक विकास मन्त्रालय शुदुरपश्चिम प्रदेश, कर्णाली स्वास्थ्य प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयूक्त आयोजनामा निशुल्क शिवीरको सञ्चालन भएको शुदुरपश्चिम प्रदेशका जनस्वास्थ्य अधिकृत्त रमेश कुवरले जानकारी दिएको छ ।
शिवीरमा बालरोग संग सम्बन्धि उपचार, स्त्री रोग, हाडजोर्नी तथा नसा रोग, दात आँखासंग सम्बन्धित सेवा, मानसिकसंग सम्बन्धित सेवा र ज्याड्रल सेवा र फिजीसियन सम्बन्धिका रोग हरुको शिवीरबाट उपचार हुने जनस्वास्थ अधिकृत्त कुवरले जानकारी दिए । शिवीरको पहिलो र दोस्रो दिन विरामी दर्ता र चेक जांच गर्ने र तेस्रो दिनबाट अप्रेशन सम्बन्धि उपचारको सेवालाई प्रथामिकतामा राखेर जाने कुवरले वताए । कर्णाली स्वास्थ्य प्रतिष्ठानबाट १५ जना भन्दा बढी विभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुले उपचारमा संलग्न रहेहेको बाजुरा जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । शिवीरलाई पाँच दिन सम्म सञ्चालन गर्ने योजना गरिएको भएपनि विरामीहरुको चाप हेरेर शिवीरलाई बढान पनि सकिने कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानका प्रमुख पुजन रोकायाले जानकारी दिए ।
शिवीरको उद्घाटन शुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले गरेको हुन् । उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालयले मानिसको सबैभन्दा महत्वपूर्ण चिज स्वास्थ्य भएकोले स्वास्थ्यलाई हेल्चेकराइ नगर्न अनुरोध गरेका छन् । बाजुरा जिल्लामा यति ठुलो स्वास्थ्य शिवीरको आयोजना भएको छ सवै बाजुराली जनताले सेवा लिन अनुरोध गरेका छन् शिवीरमा हुनसक्ने उपचार यतैबाट गर्ने र कुनै जटिल खालको उपचारको लागी सामाजिक विकास मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् । प्रदेश सरकार बनिसकेपछि चारओटा जटिल खालका विरामीहरुलाई हवाई सेवाबाट उद्धार गरेर उपचार गरिसकेको मन्त्री सुबेदीले जानकारी दिए ।
बाजुरा जिल्ला समन्वय समतितिका संयोजक नरेन्द्र रोकायाले प्रदेश सरकारले रकम वाडफाडमा स्थानीय तहलाई समन्य नर्गदा कार्यन्वयनमा समस्या भएको बताए । र शिवीरबाट सवैले लाभ लिन अनुरोध गरेका छन् ।
शुदुरपश्चिम प्रदेशका सचिव गगन हमालले कर्णाली विज्ञान प्रतिष्ठानको सेवा क्षेत्र रहेको बाजुरा जिल्लामा पहिलो पटक बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिवीरको आयोजना भएको छ । यो भन्दा पछि पनि अन्य स्थानीय तह स्थरमा पनि शिवीर आयोजना गरेर बाजुराली जनताको स्वास्थ्यलाई मजबुत बनाउन लाग्ने बताए । रोग लागेर उपचार गर्नु भन्दा स्वास्थ्य रहन खेलकुद आवश्यकता रहेको भन्दै शुदुरपश्चिम प्रदेशका धेरै ठाउहरुमा बहुउद्देश्यि कभडहलको लागी बजेटको व्यवस्था गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले बाजुराको स्वास्थ्य क्षेत्रमा राम्रो भुमीकामा रही काम गरी रहेका डा रुपचन्द्र विश्वकर्मा र डा रोहीत गिरी स्थानीय तहमा समायोजनमा परिसकेकोले आउने को कुनै टुङगो नभएकोले डाक्टरको पहलको लागी मन्त्रालयलाई अनुरोध गरेर अर्को नआउन्जेल कार्यरत डाक्टरहरुलाई रमाना नगर्ने आग्रह गरे । उद्घाटन कार्यक्रमको अध्यक्ष बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले गरेका थीए ।

चर्चामा

सम्बन्धित समाचार