शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • कम्युनिष्ट सांसद चुनिएपछि सुध्रिँदै पर्वतका गाउँका सडक, १८ वर्षमा नभएको विकासले यसरी लियो गति, सबै गाउँले खुशी

कम्युनिष्ट सांसद चुनिएपछि सुध्रिँदै पर्वतका गाउँका सडक, १८ वर्षमा नभएको विकासले यसरी लियो गति, सबै गाउँले खुशी

  • मङ्लबार, चैत्र १९, २०७५
कम्युनिष्ट सांसद चुनिएपछि सुध्रिँदै पर्वतका गाउँका सडक, १८ वर्षमा नभएको विकासले यसरी लियो गति, सबै गाउँले खुशी

पर्वत — पैयुँ, बिहादी र महाशिला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न बजेट निकासा भएको छ । यी सबै पर्वतको दक्षिणी भेगका दुर्गम गाउँ हुन् । दक्षिणकै सेतीवेणी–रानीपानी सडकसमेत यसै वर्षदेखि कालोपत्रे हुने भएको छ । यो सडक कालीगण्डकी लोकमार्गको खण्ड हो ।

सिल्मी–ठूलीपोखरी–कार्कीनेटा सडक स्तरोन्नतिमा खटिएका कामदार । तस्बिर : अगन्धर/कान्तिपुर संघीय सरकारले झन्डै ४१ करोडको ठेक्का रकममा सहमति दिएसँगै उक्त सडकको ९ किलोमिटर भाग कालोपत्रे हुने भएको हो । सडक कालोपत्रे गर्न दबाब दिँदै स्थानीय, सरोकारवाला र पर्वतका राजनीतिक अगुवाहरूले सम्बन्धित विभागमा पटक–पटक दबाब दिँदै आइरहेका थिए ।

‘दक्षिणका जनतालाई कहिल्यै कालो सडकमा गुड्न नपाउने अवस्था थियो,’ संघीय सांसद पदम गिरीले भने, ‘हामीले धेरैपटक सम्बन्धित विभाग र मन्त्रालयमा धायौं । केही भाग कालोपत्रेका लागि रकम विनियोजन भएको छ । यसले केही राहत हुनेछ ।

’ ठेक्का सम्झौता गर्न अर्थ मन्त्रालयले सहमति दिएसँगै कालोपत्रेको प्रक्रिया सुरुवात हुने उनले बताए ।कालीगण्डकी लोकमार्गको पैयुँ–बिहादी खण्डको ९ किलोमिटर लामो उक्त सडकको सबैजसो भाग बिहादी गाउँपालिकाभित्र पर्दछ । जिल्लाभित्रका मुख्य सडक कालोपत्रे गर्ने योजना अनुरूप लोकमार्गको पर्वत खण्डको यो भाग पहिलो चरणमा कालोपत्रे हुने भएको हो ।

प्रक्रिया पूरा गरी मन्त्रालय पुगे पनि लामो समयविचाराधीन अवस्थामा रहेको उक्त सडकको ठेक्का खुला गर्न मन्त्रालयले यसै साता सहमति दिएको सांसद गिरीले बताए ।त्यस्तै कुश्मा–दुर्लुङ सडकका लागि पनि रकम निकासा भएको छ । कालोपत्रे र ढलानको काम भइरहेको उक्त सडकमा चालु आर्थिक वर्षका लागि थप ६ करोड रकम विनियोजन गरिएको ह३ वर्षअघि कालोपत्रे सुरु भएको उक्त सडकमा बजेट अभाव भएपछि काम हुँदाहुँदै रोकिएको थियो । तत्कालीन सांसद् एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको पहलमा कालोपत्रे सुरु भएको उक्त सडकमा संघीयता कार्यान्वयनसँगै बजेट कटौती भएको नेताहरूको आरोप छ ।सोही सडक पुनः कालोपत्रे गर्न बजेट निकासा भएको भन्दै गत महिना सांसद गिरीले पुनः शिलान्यास गरेका थिए ।

बजेट निकासा भएसँगै दुर्लुङ पुग्ने सडक अब छिट्टै कालोपत्रे सकिने अपेक्षा गरिएको उनले बताए । योसँगै कुश्मादेखि दुर्लुङ खण्डको अधिकांश भाग चालु आर्थिक वर्षभित्रै पूरा हुने भएको छ ।

यो सडक कुश्मा नगरभित्रै पर्छ ।कुश्मा र जलजला गाउँपालिका–९ बनौं जोड्ने सडकका लागि पनि चालु वर्षका लागि ३ करोड रकम विनियोजन भएको छ ।

अघिल्लो वर्षदेखि नै कालोपत्रे सुरु भएको उक्त सडकका लागि रकम अभाव भएपछि केही समय काम रोकिएको थियो । रकम विनियोजन भएसँगै ५ किलोमिटरको उक्त सडकको काम पनि यसै वर्षभित्रै सक्नेगरी काम अघि बढाइएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले बताए ।‘

यो सडकले पाङ हुँदै भाटेबारी आउजाउ गर्न सहज हुन्छ,’ पुनले भने, ‘दलित गाउँले विकासको फल चाख्नेछ ।’ भाटेबारीमा सबैजसो विक र दर्जी समुदायको बसोबास भएको र उक्त बस्ती विकासका हरेक पूर्वाधारबाट पछि परेको उनले बताए ।

चिसापानीदेखि हुवास हुँदै बर्राचौर सडक प्रदेश सरकारले कालोपत्रे गर्ने गरी ठेक्का आह्वान गरेको छ । त्योसँगै जोडिएको भुसालचौर–बर्राचौर खण्ड पनि कालोपत्रेका लागि ३ करोड बजेट छ । बिहादी गाउँपालिकाको मुकामसमेत रहेको उक्त स्थानको सडक पक्की हुने भएको छ ।

–कान्तिपुर दैनिकमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार