शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • स्वागत छ वसन्त ऋतुलाई

स्वागत छ वसन्त ऋतुलाई

  • मङ्लबार, चैत्र १९, २०७५
स्वागत छ वसन्त ऋतुलाई

बसन्त ऋतुलाई ऋतुहरुको राजा मान्ने गरिन्छ। बसन्तको रमणिय वातवरण कसलाई मन नपर्ला। हिउँद ऋतुको चिसो कम हुँदै जाँदा बसन्त ऋतुको उदय हुन्छ, दिन लामा र न्यानो हुदै जान्छन्। चराचुरुङ्गी चिरविर-चिरविर कराएर, हिउँदभरि उजाड र नाङ्गा रहेका रुख विरुवाले पालुवा फेरेर र फूलफूल्ने विरुवाहरु ढकमक्क फूलेर बसन्तको आगमनको संकेत गर्दछन्।काेहिलीकाे अावजले वातावरण गुन्जयमन हुन्छ । पहिलेका बुढापाखाहरुले भनेकाे झै बसन्त ऋतु लागे सँगै कहि कतै हावा हुरी त कतै बर्षा अनि असिना पानी पर्छ रे । अनि अाैल ( बेशी बाट ) लेख तिर बसाइ सर्छन रे सुनेकाे कुरा ।

जव बसन्त ऋतु सुरु हुन्छ तव वातावरण गुन्जयवान बन्छ  ।

पतझर  शिशिर  लाई  बिदा दिई
प्राकृतिक रमणीयताको शन्देश लिई,
नबदुलही झैँ सबमा पालुवा फेरी
बसन्त आयो  दशमास हेरी l (१ )मधुझैँ  रसमा  मिठास  बोकी
पूर्व,पश्चिम,उत्तर अनि दक्षिण देखि,
हेर्दैमा राम्रो  हरियाली छायो
संघारमा लौन बसन्त आयो l (२)

आकाश बाट चट्यांग गर्जीए झैँ
रणभूमिमा गोला पड्किए झैँ,
त्रासको बादल सबैलाई छोपेर
बसन्त आयो बहार बोकेर l (३)

दरिद्रताका पीडाका कथा लाई
भुल्नै नसकिने पिरब्यथा लाई,
चुनौती स्वरूप इशलाई क्रान्ति
बसन्त आयो बोकेर शान्ति l (४)

सामन्ती सत्ता जरै देखि फाली
सबमा चेतनाको दियो बाली,
इतिहास लाई कंठस्त घोकी
बसन्त आयो सदभाब बोकी l (५)

मेची देखि महाकाली सम्म
फलझैँ मिल्नु पर्छ लटरम्म,
वैमनस्यताको सिदान्त त्यागी
बसन्त आयो समृदी भाकी हिउँद र ग्रीष्म ऋतु को बिचमा पर्ने बसन्त ऋतुको मौसम न त बढी तातो न त बढी चिसो ठिक्क खालको हुनाले धेरै जसो बोटविरुवाहरु यस ऋतुमा सक्रिय भई हुर्कन्छन्, फुल्छन् र फल्छन्।

चर्चामा

सम्बन्धित समाचार