बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सेती हाइड्रो पावरमा कार्यरत एक ओभरयिर सेती नदीमा बगेर बेपत्ता

सेती हाइड्रो पावरमा कार्यरत एक ओभरयिर सेती नदीमा बगेर बेपत्ता

  • सोमवार, चैत्र १८, २०७५
सेती हाइड्रो पावरमा कार्यरत एक ओभरयिर सेती नदीमा बगेर बेपत्ता

सेती हाइड्रो पावरमा कार्यरत एक ओभरयिर सेती नदीमा बगेर बेपत्ता भएका छन् । डोटीको बोगटा फुड्सिल गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको सेती हाइड्रो पावरमा कार्यरत रुकुम घर भएका ओभरसियर दीपेन्द्र ओली सोमबार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माँझीले जानकारी दिनुभयो ।

अछाम र डोटीको सीमा क्षेत्रसमेत रहेको उक्त स्थानमा काठको डुङ्गाबाट सेती नदी तर्ने क्रममा खसेर ओली बेपत्ता भएको सेती हाइड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीका मिनजंग शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डुङ्गा तर्नेक्रममा हाम्रा प्राविधिक बगेका छन् । बिहानदेखि खोजी गर्दैछौँ, भेटाउन सकेका छैनौँ ।” नदीमा बेपत्ता भएका ओलीको खोजी कार्य तीव्ररुपमा भइरहेको र ठाउँठाउँमा प्रहरी टोली पठाइएको डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार