शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • जब निर्मलाको हत्यामा क्लुु खोजिरहेको प्रहरीसामु आफै क्लुु आइपुग्यो

जब निर्मलाको हत्यामा क्लुु खोजिरहेको प्रहरीसामु आफै क्लुु आइपुग्यो

  • सोमवार, चैत्र १८, २०७५
जब निर्मलाको हत्यामा क्लुु खोजिरहेको प्रहरीसामु आफै क्लुु आइपुग्यो

भदौ २ गते मध्य रातमा होटल ओपेराको एउटा कोठामा दुई प्रहरीले ढोका ढकढकाए। काठमाडौँबाट कञ्चनपुर खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी कोठाभित्र थिए। ‘सर, निर्मलाको हत्यारा गरेको हुँ भन्ने मान्छे फेला पर्‍यो,ु ढोका खोल्ने बित्तिकै हड्बडाउँदै एक जनाले भने। ‘धत् मुला, कुन चाहिँ पागल उठायौ फेरि,’ उनले जवाफ फर्काए। हुन पनि हो, केही अघिमात्र कैलालीका जीवन घर्ती मगरले प्रहरी सामु स्वीकारेका थिए निर्मलाको हत्या आफूले नै गरेको भनेर। कसरी मारिस् भनेर सोध्दा जीवनले भनेको थियो ( ‘हान्दिएँ नि। खुकुरी हानेर छप्काइदिएँ।‘ निर्मलाको शवमा खुकुरीको चोटको कुनै संकेत थिएन। हत्या स्वीकार गर्ने जीवन मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् भन्ने चाल पाएपछि उनलाई छाडिएको थियो।

विश्वास नगर्दा नगर्दै जिसीले होटलको कोठाबाटै मुद्दा शाखामा फोन गरेर सोधे ( सई साप, भएको के हो ‘अँ, केटाहरुले उठाएर ल्याएका थिए,’ सईले पक्राउ परेका व्यक्तिले भनेको कुरा सर्सर्ती बताए, ‘निर्मलाको साथ २० रुपैयाँको नोट पनि थियो रे, उसले त्यो नोट निकालेर पान पसलमा किनेर खाएको कुरा गर्छ सर।

२० रुपैयाँ

जिसीलाई २० रुपैयाँको कुराले ुक्लिकु गर्छ। किनभने रोशनी बमले चटपटे खाएको २० रुपैयाँ निर्मलालाई दिएर पठाएको उनलाई भनेका हुन्छन्। यो कुरा मुद्दा शाखाका मात्र हैन, अरु प्रहरीलाई पनि खासै थाहा हुँदैन। उनी तत्काल प्रहरीको भ्यान मगाएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरतिर लाग्छन्। निर्मलाको शव भेटिएको उखुबारी पारीको झ्याङ भएको ठाउँमा एक अधवैँशे पुरुष लौरो समातेर उभिएर बसेका थिए। पछाडिबाट हेडलाइट बाल्दै प्रहरीको गस्ती मोटरसाइकलमा आइरहेको थियो।

रातको करिब साढे आठ बजे।

घटनास्थल नजिकै शंकास्पद व्यक्ति उभिएको देखेपछि उनीहरुले केरकार थाले। भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गरी बनेका पाँच वटा संहिता लागू भइसकेको थियो। अर्थात्, पक्राउ पूर्जी नभई कसैलाई पक्राउ गर्न नसकिने कानुन। त्यो रात भदौ २ गतेको थियो। त्यसैले घटनास्थलमा गएका प्रहरीले छानबिनका लागि उनीहरुलाई ल्याउनुअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई फोन गरे। ुग्रिन सिग्नलु पाएपछि उनीहरुले ती अधवैँशे पुरुषलाई भ्यानमा राखी कार्यालय पुर्‍याए।

८८८

‘नाम के हो ?

‘दीलिपसिंह विष्ट’

‘उमेर कति ?’

‘४१ वर्ष’

प्रहरीले प्रारम्भिक सोधपूछ गर्छ। घटना भएको साउन १० गतेको बारेमा सोध्दा विष्टले भने, ‘सेनाको ब्यारेक हुँदै बर्कलो जिम्दारको खेतबाट घरतर्फ आउँदै गर्दा एउटी युवती मिलिन्। उनको गुलाफी रंगको साइकलको चेन फ्राइह्विलमा अड्किएको थियो। मैले बनाइदिएँ। अनि उनले मलाई नमस्कार गरेर गइन्।‘

सुरुमा उनले निर्मलालाई चिन्दिनँ भनेका थिए।

अहो घटनास्थल उही, घटना भएको समय पनि उही, साइकल पनि भन्छ, साइकलको रङ पनि उही, युवतीको पनि कुरा गर्छ। ुक्लुु खोजिरहेको प्रहरीकहाँ क्लुु नै आफै आइपुग्यो। त्यसपछि के छाड्थे उनीहरुले

विष्टबाट अझै कुरा ओकलाउनका लागि प्रहरी सम्भव भएका सबै उपाय प्रयोग गर्छ। आइ डु नट नो, आइ एम अनेस्ट म्यानु भन्दै अङ्ग्रेजीमा आनाकानी गरिरहने विष्टले बल्लतल्ल भने  म भन्छु सर, म भन्छु।

त्यसपछि नै रहेछ २० रुपैयाँको कुरासहित हत्या स्वीकारेका। जिसीलाई हत्या स्वीकारेको कुराले भन्दा पनि त्यो २० रुपैयाँको कुराले क्लिक गरेको थियो।

८८८
घटनाको चार महिनापछि महेन्द्रनगर पुग्दा पनि त्यहाँका स्थानीय बासिन्दा विष्टले त्यो घटना गराएको मान्न तयार थिएनन्। अहँ, उसले त हुँदै होइन। हामीले भेटेका धेरैले त्यही भने। जसरी बम दिदीबहिनीका छिमेकीहरुले उनीहरुको पक्षमा बोल्थे, त्यसरी नै विष्टको पक्षमा बजारसम्मका बासिन्दाहरु बोल्थे।

आफूलाई दमाई बाजे भन्ने एक जनाले त हामीलाई विष्ट त्यो बाटो ९घरबाट घटनास्थलसम्म० हिँड्दै नहिँड्ने समेत ठोकुवा गरे। जुन गलत रहेको पछि अरुको भनाईबाट थाहा भयो। विष्ट हरेक दिन जसो बागफाँटा खन्नाचोकदेखि कारागारसम्म हिँडेर जाने गर्थे।त्यो कारागारमा उनी नौ वर्षसम्म रहेका थिए, आफ्नै भिनाजुको हत्या गरेको ठहर भएपछि।

अदालतबाट हत्यारा ठहर भइसकेका ती व्यक्तिलाई किन त्यहाँका बासिन्दा शंकासमेत गर्न तयार थिएनन्रु हामीले यो बुझ्न खोज्यौं। के त्यतिबेला पनि उनलाई अहिले आरोप लगाइए जस्तै नक्कली अपराधी बनाएर प्रस्तुत गरेका त हैनन् प्रहरीको विज्ञप्तिमा २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायणसिंह थापाको हत्या गरी सो अभियोगमा ९ वर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेकोु उल्लेख थियो। केही समाचारमा जिल्ला अदालतले फैसला गरेको उल्लेख थियो। हामी कञ्चनपुर जिल्ला अदालततिर लाग्यौँ, फैसलाबारे बुझ्न। तर, हामीसँग न मुद्दा नम्बर थियो न फैसला मिति नै। त्यसभन्दा पनि बढी त्यहाँ एउटा यस्तो किसिमको माहौल थियो( जहाँ विष्टलाई शंका गर्ने नै स्थानीय बासिन्दाको शंकाको घेरामा पर्थ्यो।

८८८

कञ्चनपुरका कसैले पनि शंका नगरेका विष्टलाई चाहिँ के आधारमा प्रहरीले अभियुक्तका रुपमा उभ्याएको हो? हामीलाई यो प्रश्नको पनि जवाफ खोज्नु थियो। यो अनुसन्धानलाई सघाउन काठमाडौँबाट गएको सिआइबी टोलीको नेतृत्व गरेका डिएसपी अंगुर जिसीलाई हामीले सोध्यौँ( के हो आधारर? सिआइबी अर्थात् केन्द्रीय अनुसन्धान ब्युरो विशेष किसिमको अपराधको अनुसन्धानमा आइजीको निर्देशनबाट मात्र खटिने प्रहरीको ब्युरो हो। यसले कयौँ जटिल मुद्दाहरुलाई सफलताका साथ टुङ्गोमा पुर्‍याएको इतिहास छ।

हाल निलम्बित जिसी सुरुमा हामीसँग बोल्न तयार भएनन्। हामी पनि उनीसित कुरा नबुझी छोड्न तयार भएनौँ। किनभने अनुसन्धानको प्राविधिकसहितको विस्तृत पाटोलाई नजिकबाट नियालेका उनी नै थिए।

ुसुरुमा हामीलाई पनि थाहा थिएन दीलिपसिंह विष्टबारे। उनी र्‍यान्डमली पक्राउ परेका हुन्,ु बल्लतल्ल बोल्न तयार भएका जीसीले भने, ुतर पक्राउ परिसकेपछि उनको भनाई एकपछि अर्को गर्दै घटनाक्रमसित म्याच हुन थाल्यो। अनि हाम्रो शंकाको घेरामा परेका हुन्।ु

हरेक घटनामा जस्तै यस घटनामा पनि प्रहरीले खोजलाई ुन्यारो डाउनु गर्ने क्रममा सुरुमा जेलबाट छुटेका व्यक्तिहरुको सूची निकालेको थियो। त्यसमा विष्ट पनि परेका थिए। त्यसैगरी स्थानीयको बयानका आधारमा ुएक्लै केटीहरु देख्यो कि पाइन्ट खोल्दै ।।। देखाएर आऊ आऊ भनेर बोलाउनेु केटाहरुको सूची पनि तयार पारिएको थियो। त्यसमा पनि यिनी परेका थिए। तर, त्यतिन्जेल प्रहरीलाई दीलिपसिंह विष्ट यिनै हुन् भन्ने थाहा थिएन। जिसीलाई २० रुपैयाँको कुराले चासो बढाएको थियो। राति अबेर जिल्ला प्रहरी कार्यालय पुगेका उनले विष्टलाई सहानुभूति दिँदै कुरा गरे। विष्टले पनि भावुक हुँदै ुमलाई बचाइदिनुस्ु भन्न थाले।

यसै क्रममा उनले सोधपूछ गरे।

निर्मलाको लुगामा केही थियोरु मोबाइल सोबाइल केहीरुु

२० रुपैयाँ थियो सर।ु

अनि के गर्‍यौ त्यो पैसाले?

खर्च गरेँ। गुटखा किनेर खाएँ।ु

ुकहाँ खाएको गुटखा चैँ?

गोपाल गुरुङको दोकान। भगतपुर चौराहामा।

के के किन्यौ २० रुपैयाँको?

१० रुपैयाँको तीन वटा गुट्खा प्लस दुई वटा चुरोट। त्यो खाएँ।ु

ुनिर्मलाको गोजीमा २० रुपैयाँ भएको जानकारी रोशनीलाई मात्र थाहा थियो,ु जीसीले भने, ुचटपटेको पैसा दिएको भनेर त अरुलाई पनि थाहा होला। तर, २० रुपैयाँकै नोट थियो भनेर चाहिँ अरुलाई शायद थाहा थिएन भन्ने लाग्छ मलाई। किनकि त्यो कुरा रोशनीले ममात्र भएको बेलामा भनेकी थिइ। विष्टले त्यही २० रुपैयाँको कुरा गरेपछि मलाई शंका बढ्यो।ु

विष्टले गुट्खा किनेको पसलमा पनि पुग्यो प्रहरी। विष्टले भने झैँ पसल पनि भेटियो।

तर, दीलिपले त्यो दिन गुटखा किने नकिनेको बारेमा साहुजीले यकिन भन्न सकेनन्।

खै यो मान्छे सधैँ आइरहने हो। किनेर खान्थ्यो पनि, २०र२५ दिन अगाडिको कुरा ठ्याक्कै सम्झिएर भन्न सकेनन् उनले।

प्रहरीलाई चकित पार्ने विवरण
जीसी सम्झन्छन्( ुत्यतिबेला विष्टले केही म्याजिकलु कुरा गरे। जसका कारण हाम्रो शंका अझै दरिलो भयो।

एउटा, उनले निर्मलाको साइकलको गुलाफी रङ्ग मात्र ठ्याम्मै मिलाएनन्, साइकल बिग्रेको कुरा पनि गरे। त्यतिन्जेल अनुसन्धान गरिरहेको प्रहरीलाई साइकल बिग्रेको थाहै थिएन। विष्टकै जानकारीका आधारमा प्रहरीले सोध्दा निर्मला जसको घरमा पढ्न गएकी थिइन्, रोशनी बम, उनले पनि चेनमा मोबिल लागेको र निर्मलाले घरमा आएपछि हात धोएको कुरा गरिन्। बिहानै निर्मलाको घर पुगेकी हेमन्ती भट्टले पनि निर्मलाले साइकल बनाइरहेको देखेको बताइन्। निर्मलाकी दिदी मनीषाले पनि ुसाइकल बिग्रेको होु भनिन्। अर्को  म्याजिकलु कुरा थियो( घटना विवरण। उनले कसरी निर्मलालाई भेटे, कसरी खोलापारी लगे र कसरी कुकृत्य गरे भन्ने कुराको एक एक विवरण सिलसिलावद्ध ढंगले दिए। ुउसले भनेको कुरालाई हामीले भेरिफाइ गर्दा सबै कुरा सम्भव देखियो,ु जीसीले भने। विष्टले दिएको बयानअनुसार साइकल बनाउँदै गर्दा निर्मलाको शरीरसँग छोएपछि उनी उत्तेजित हुन्छन्। त्यसपछि साइकललाई खोला छेउमा धकेली खसाइदिन्छन्। साइकल लिन भनी तल गएका विष्टले साइकल दिने बहानामा निर्मलालाई सडकभन्दा मुनितिरको खोलाको डिलमा तान्छन्।
त्यसपछि उनले निर्मलालाई त्यहाँबाट खोलापारी लैजान्छन्। खोलापारीको डिलबाट माथि उक्लिएपछि कसैले नदेख्न्ने घाँसे चौर भएको ठाउँ छ। नजिकै उखुबारी। खोलापारी डिलमा पाइलाको डोबसमेत भेटिएको थियो। त्यसको फोटो भए पनि पानीका कारण फुटप्रिन्ट भने निकालिएको थिएन। पाइलाको डोब भेटिएको कुरा हामीलाई घटनास्थलमा भेटिएका पूर्व सैनिक मोतिबहादुर नेपालले पनि बताएका थिए। साउन ११ गते लाश भेटिँदा उनी पनि त्यहीँ थिए।

कसरी भन्ने प्रश्नमा अल्झिएको प्रहरीलाई जवाफ दिने काम चाहिँ विष्ट स्वयंले गरे। हामीले घटनास्थल हेर्दा भने विष्टले भने जस्तै सजिलै निर्मलालाई खोला पारी लान सक्ने देखिन्न। यदि उनले जबर्जस्ती लगेकै भए निर्मलाले प्रतिकार गर्न सक्ने देखिन्छ। त्यस्तो प्रतिकार खोला वारी र खोलाको बीचमै पनि हुन्थ्यो। यसरी लैजान सजिलो छैन तर असम्भवै भने देखिन्न। विष्टले सुरुवाल ुथोडा फाटेको पनि थियोु भनेको, ुसुर्किनी गाँठो तानेर खोलेको,ु ुएउटा खुट्टाको सुरुवालमात्र तानेर खोलेकोु जस्ता कुरा पनि बयानमा उल्लेख गरेका छन्। घटनास्थलको फोटोमा पनि शवमा एउटा खुट्टामा मात्र सुरुवाल अड्किएको देखिन्छ।

प्रहरीले लिक गरेको भिडियोमा विष्टले यो कुरा बताएको देखिन्छ। खोला पारीपट्टि चौर जस्तो ठाउँ पनि छ। त्यो ठाउँ न वारीको सडकबाट सजिलै देखिन्छ न पारीपट्टि चक्र बडुको घरबाट नै देखिन्छ। विष्टले नभई अरु कसैले बलात्कार गरेको भए पनि त्यस ठाउँमा गरेको हुनसक्ने सम्भावना घटनास्थलको प्रकृति हेर्दा देखिन्छ। अनुसन्धानरत प्रहरीलाई चकित पार्ने अर्को कुरा विष्टले गरे( भोकल कर्डको। निर्मलाको भोकल कर्ड भाँचेर हत्या गरेको उनले बताएका छन्। भोकल कर्ड भाँच्यो भने मान्छे मर्छ भनेर राष्ट्रिय सेवा दलको ट्रेनिङ गर्दा सिकेको बताए उनले। २८ वर्षअघि त्यस्तो सिकाउने गुरु प्रेमसिंह धामीको नामसमेत उनले बताउन भ्याए।

डाक्टरले समेत निर्मलाको भोकल कर्ड भाँचिएको कुरा गरेको हुनाले विष्टको कुरासँग यो समेत मिलेपछि अनुसन्धानकर्मी अझै आश्चर्यमा पर्छन्। विष्टलाई प्रहरीले गाडीमा राखेर घटनास्थल देखाउन भन्दै लग्यो। घटनास्थलमा साइकलदेखि शव भेटिएको ठाउँसमेत आफै देखाए। पोष्टमार्टम गर्ने डाक्टरका अनुसार घाँटी थिच्दा बाँया हातको प्रयोग भएको भनिएको र दीलिपले समेत घाँटी थिचेर कसरी मान्छे मर्छ भनी प्रश्न गर्दा बायाँ हातकै एक्सन गरेर देखाएको भिडियो पनि प्रहरीसित छ। डिएसपी अंगुर जिसी दावी गर्छन्, ुयी सबका आधारमा हामीले विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेका हौं। हाम्रो अनुसन्धानमा लापरवाही छैन। हामीले नक्कली अभियुक्त खडा गर्न खोजेका हैनौं।ु

८८८

ुनक्कली अभियुक्त बनाउन पाइँदैन, पाइँदैन।ु
निर्दोषलाई फँसाउन पाइँदैन, पाइँदैन१ु

तर, प्रहरीको निश्कर्षलाई मान्न पब्लिक तयार थिएन। विष्टलाई पक्रेर अनुसन्धान गरिरहेको खबर चुहिसकेको थियो। नयाँ संहिता लागू भएका कारण थप अनुसन्धान गर्न म्याद थप्नका लागि अदालत लैजानुपर्ने थियो। त्यही भएर भदौ ४ गते पत्रकार सम्मेलन गरी प्रहरीले विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो।

त्यतिबेलासम्म विष्टको रगतको नमूनाबाट डिएनए रिपोर्ट आइसकेको थिएन। यता पत्रकार सम्मेलन हुँदै थियो, उता बाहिर निर्दोषलाई फँसाउन खोजिएको भनी नाराबाजी भइरहेको थियो। आन्दोलन चर्किँदै गयो। त्यसको तीन दिन पछि भदौ ७ गते गृह मन्त्रालयले कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलायो।

तर, पनि आन्दोलन साम्य भएन। नयाँ एसपी र सिडिओले जिम्मेवारी सम्हालेकै दिन भदौ ८ गते गोली चल्यो र किशोर सन्नी खुन्नाको ज्यान गयो। अन्य केही घाइते भए। कर्फ्यु लगाइयो। गृह मन्त्रालयले भोलिपल्ट भदौ ९ गते एसपी विष्टलाई निलम्बन गर्‍यो। पछि घटनाको अनुसन्धानमा संलग्न बाँकी सबैलाई निलम्बन गरियो। सुरुदेखि नै प्रहरीप्रति गुमेको विश्वास प्रहरीले दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरिसकेपछि झन् भड्किएको थियो।

पहिलो पोस्टबाट

चर्चामा

सम्बन्धित समाचार