बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • धनगढी–दिपायल सडक खण्डमा ठुलो संख्यामा प्रहरी परिचालन

धनगढी–दिपायल सडक खण्डमा ठुलो संख्यामा प्रहरी परिचालन

  • सोमवार, चैत्र १८, २०७५
धनगढी–दिपायल सडक खण्डमा ठुलो संख्यामा प्रहरी परिचालन

धनगढी–दिपायल सडकखण्ड रुख कटानका बिषयमा भएको बिबादका कारण बिच बाटोमै रोकिएका बेला धनगढीदेखी स्याउले सडकखण्ड स्थरोन्नती नभएको भन्दै स्थानिय आन्दोलित बनेका छन् । सडक खण्ड कालोपत्र गर्नु पर्ने माग गर्दै स्थानियले आन्दोलन चर्काएका छन् ।

कालोपत्र गरिनु पर्ने माग पटक पटक राख्दै आएका स्थानियले बिगत केही दिन यता दैनिक जसो आन्दोलन गरिरहेका छन् । खुटिया दिपायल सडक संगै धनगढी स्याउले सडक स्तरोन्नतीलाई मुख्य नारा बनाएर निर्वाचित भएका जनप्रतिनिधीहरुले बोलेका बाचा पुरा नगरेको भन्दै १३ गतेदेखी धनगढी स्याउले सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

उनिहरुले आन्दोलन स्वरुप उक्त सडकमा ठुला सवारीका साधनहरु प्रबेशमा रोक लगाउँदै आज पनि सडक अवरुद्ध पारेको छन् ।

बाटो कालोपत्रे नहुँदा धुलो धुंवाको कारण स्ठानियलाई निकै अप्ठ्यारो हुने गरेको उनिहरुको भनाई रहेको छ । सडक स्तरोन्नती नभए अब महिलाहरु सशक्त आन्दोलनमा लाग्ने उनको भनाई छ ।

गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाले सडकमा पानी छर्किने सहमती गरेपनि अहिले सम्म कार्यान्वयन नभएकाले आज स्थानीय सडक खण्डमा मोटरसाईकल समेत चल्न दिएका छैनन्। धनगढी–दिपायल सडक खण्डमा ठुलो संख्यामा प्रहरी परिचालन गरी सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार