शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय

मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय

  • सोमवार, चैत्र १८, २०७५
मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय
काठमाडौं : बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ। आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। सोमबार बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ। सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ।

चर्चामा

सम्बन्धित समाचार