बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जुजाना बनिन् स्लोभाकियाकी प्रथम महिला राष्ट्रपति

जुजाना बनिन् स्लोभाकियाकी प्रथम महिला राष्ट्रपति

  • सोमवार, चैत्र १८, २०७५
जुजाना बनिन् स्लोभाकियाकी प्रथम महिला राष्ट्रपति

एजेन्सी– पेसाले वकिल जुजाना क्याप्युटोभा स्लोभाकियाको पहिलो महिला राष्ट्रपति हुने पक्का भएको छ । शनिबार भएको दोस्रो चरणको निर्वाचनमा सत्तारुढ पार्टीका उमेद्वारलाई पराजित गरेर उनले आफ्नो देशमा बनाएकी छन् ।  वर्तमान सरकारकी कटु आलोचक क्याप्युटोभा ‘खराबविरुद्ध उठ्नुस्’ भन्ने चुनावी नारा दिएकी थिइन् । राष्ट्रपति उम्द्वार हुनुअघि उनी राजनीतिक मञ्चमा अपरिचित थिइन् । स्लोभाकिया ५४ लाख जनसंख्या भएको सानो युरोजोन सदस्य राष्ट्र हो ।

९८.१ प्रतिशत मतदान क्षेत्रको मतगणना सकिसक्दा क्यापुटोभाले ५८.३ प्रतिशत मत पाएकी छिन् ।  आधिकारिक निर्वाचन परिणाम आइतबार मात्र घोषणा गरिनेछ । ‘मलाई यस जितको परिणामले मात्र होइन लोकप्रियता अघि नझुक्न सम्भव छ, सत्य बोल्न सम्भव छ र चर्का भाषणविना पनि सचेतना बढाउन सकिन्छ कुराले खुसी बनाएको छ,’ ४५ वर्षे वातावरण अधिवक्ताले आफ्ना समर्थकहरुको भीडलाई भनिन् ।

सत्तारुढ स्मेर पार्टीले समर्थन गरेको मारोस सेफ्कोभिकले ४१.७ प्रतिशत भोट प्राप्त गर । युरोपेली आयोगको उपाध्यक्ष समेत रहेका स्थापित राजनीतिज्ञ सेफ्कोभिकले हार स्वीकारिसकेका छन् । जीतको लागि सेफ्कोभिकले आफ्ना विपक्षीलाई शुभकामना दिएका छन् ।

क्याप्युटोभालाई जितमा सहयोग गर्ने त्यो चर्चित काण्ड

क्याप्युटोभाको विजयमा देश हल्लाएको एक घटनाका कारण सत्तारुढ गठबन्धनप्रति उत्पन्न भएको आम असन्तोषले काम गरेको थियो ।  स्लोभाकियामा अघिल्लो वर्ष एक उच्चस्तरीय भ्रष्टचारबारे खोज गरिरहेका एक पत्रकार र उनकी प्रेमिका मारिएपछि ठूलो विरोध प्रदर्शन भएको थियो ।

क्यापुटोभा पत्रकार जन कुसियाक र उनकी प्रेमिका मार्टिना कुस्नीरोभाको हत्याको विरोधमा सडकमा उत्रिएका दशौं हजारमध्ये एक थिइन् ।  मारिनुअघि कुसियाकले स्लोभाक राजनीतिज्ञहरु र शक्तिशाली इटालेली माफियाको सम्बन्धबारे रिपोर्ट प्रकाशन गर्दै थिए ।

घटना र त्यसको विरोधमा ठूलो ¥यालीपछि तत्कालीन प्रधानमन्त्री रोवर्ट फिकोले राजीनामा दिएका थिए । तर रोवर्ट अझै सत्तारुढ पार्टीको नेतानै कायम छन् । युरोपेली संसदहरुले स्लोभाकियालाई राजनीतिज्ञहरुको अपराधसँग कुनै सम्बन्धन भएको नभएको अनुसन्धान गर्न आग्रह गरेको छ ।

चुनावी अभियानको क्रममा एएफपीसँगको कुराकानीमा क्याप्युटोभाले उनी विजयी भए ‘अधिवक्ता र प्रहरीहरुलाई राजनीतिक प्रभावले नछुने गरी प्रणालीगत परिवर्तन सुरु गर्ने’ बताएकी थिइन् ।  क्याप्युटोभा सन् १९९३ मा चेकोस्लोभाकियाबाट टुक्रिएपछि स्लोभाकियाकी पाँचौ राष्ट्रपति हुन् ।

 

चर्चामा

सम्बन्धित समाचार