शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सरकारी खर्चमा हिमाल आरोहण गर्दै नेकपाको जम्बो टोली

सरकारी खर्चमा हिमाल आरोहण गर्दै नेकपाको जम्बो टोली

  • सोमवार, चैत्र १८, २०७५
सरकारी खर्चमा हिमाल आरोहण गर्दै नेकपाको जम्बो टोली

काठमाडौं : सत्तारुढ दल नेकपाका नेताको एउटा जम्बो टोलीले सरकरी खर्चमा हिमाल आरोहण गर्ने भएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँ पालिकामा रहेको ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको ३५ जनाको टोली तयार भएको हो।

यो टोली शुक्रबार नै हिमाल आरोहणका लागि हिँडेको छ।  दुई लटमा उनीहरु हिमाल पुग्नेछन्। पहिलाे चरणमा सगरमाथासहितको हिमाल आरोहण गरेकी माया गुरुङको नेतृत्वमा ६ सदस्यीय टोली ‘ग्याजेन ‘पिक’ हिमाल आरोहरणमा गएको छ।

उक्त आरोहणका लागि प्रदेश नम्बर ३ सरकारले ४० लाख रकम दिएको छ। जुगल गाउँपालिकाले १० लाख रकम उपलब्ध गराएको छ। आरोहणका लागि झण्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अपुग रकम पर्वतारोहरणका संघ संस्थाले बेहोर्ने प्रदेश नम्बर ३ का उद्योग, पर्यटन र वन वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए।

पर्यटकीय हिसाबले महत्वपूर्ण हिमालको प्रचार प्रसार, पदमार्गको निर्धारण तथा धार्मिक, सांस्कृतिक रुपमा स्थापित गर्न आरोहरण गर्न  लागिएको उनको भनाइ छ। उनले जुगल हिमाललाई पर्यटकीय हब बनाउने लक्ष्य रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार