बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्तन क्यान्सरको रोकथाम यसरी गर्न सकिन्छ

स्तन क्यान्सरको रोकथाम यसरी गर्न सकिन्छ

  • आइतवार, चैत्र १७, २०७५
स्तन क्यान्सरको रोकथाम यसरी गर्न सकिन्छ

काठमाडौं–महिलाहरुमा सबैभन्दा बढी देखिने क्यान्सरहरुमध्ये स्तन क्यान्सर पनि एक हो । विश्वमा सन् २०१५ स्तन क्यान्सरको कारणले ५ लाख ६१ हजार महिलाको मृत्यू भएको थियो । जुन महिलाहरुमा क्यान्सर सम्बन्धी मृत्यूको करीब १५ प्रतिशत हुन आउँछ ।
स्तन क्यान्सर एउटै परिवारमा एक भन्दा बढीलाई हुन सक्छ । जसलाई पारिवारिक क्यान्सर पनि भनिन्छ । यसमा वंशाणुगत कारण धेरै हुन्छन् ।

जोखिमका कारणहरु 
— परिवारमा कसैलाई स्तन क्यान्सर भएमा
— वंशाणुगत कारण जस्तै आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरुमा स्तन क्यान्सर भएमा ।
— स्तनपान नगराउने महिलाहरुमा जोखिम हुन्छ ।
—स्तनमा पहिला देखिनै गाँठा गुठी भएमा
— अविवाहित प्रौढ महिला तथा धेरै मोटो महिलामा ।
—सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलामा पनि जोखिम हुन्छ ।
—हार्माेनको असरले चाँडै महिनावारी सुरु हुनु । ढिला महिनावारी सुक्नु ,ढिलो उमेरमा पहिलो सन्तान जन्माउनुले पनि जोखिम हुन्छ ।
लक्षण 
–स्तन क्यान्सरको सुरुवातमा केही लक्षण नहुँन पनि सक्छ ।
— स्तनको आकार परिर्वतन हुनु स्तनमा गिर्खा फेला पर्नु ।
— कहिलेकाहिँ स्तनको वरिपरिको छाला परिवर्तन भई चाउरी पर्ने
— स्तनको मुन्टोबाट रगत तथा पिप मिसिएको दुध आउनु ।
— स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु ।
— स्तनको मुन्टो गाडिनु ।
स्तन क्यान्सरको रोकथाम 
— समयमा विवाह गरी सन्तान जन्माउने र स्तनपान गराउने ।
—चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
—नियमित व्यायाम गरी मोटोपन घटाउने ।
—सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
—समय समयमा स्तनको परीक्षण गर्ने ।
स्तन क्यान्सरको परीक्षण विधि 
–वर्षको एकपटक मेमोग्राम,अल्ट्रासाउण्ड,एफएनएसि र वायोप्सी गराउने  ।
–स्तनमा खिर्गा फेला परेमा चिकित्सकलाई देखाउने ।
– ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्ट्रासाउण्ड गराउने ।४० वर्ष पुरा भएमा मेमोग्राम गराउने । स्तन क्यान्सर पारिवारिक क्यान्सर पनि भएकाले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले पनि परीक्षण गराउन अत्यन्त जरुरी छ । 

चर्चामा

सम्बन्धित समाचार